२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी वुमन्स एसियन कपको छनोटमा नेपाल र उज्वेकिस्तान एकै समूहमा

२०८१, १४ चैत्र बिहीबार १५:१५

काठमाडौँ |  एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ। आज भएको ड्रअनुसार नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका परेका छन्।

यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन्। समूहको छनोट खेल जुन २३ देखि सुरू हुनेछ।

समूहको विजेता मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछ।

छनोटबाट आठ समूहका विजेताले एसियन कपमा स्थान पक्का गर्नेछन्।

१२ टोलीबीच हुने वुमन्स एसियन कपमा चार टोली यसअघि नै छनोट भइसकेका छन्। अस्ट्रेलिया आयोजकको रूपमा छनोट हुँदा अघिल्लो संस्करणको विजेता चीन, उपविजेता दक्षिण कोरिया र तेस्रो बनेको जापानले स्वत: स्थान पक्का गरेका थिए।

नेपालले आफ्नो समूहमा शीर्ष स्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्न सक्नेछ।

तर फिफा वरीयतामा ५०औं स्थानमा रहेको आयोजक उज्वेकिस्तानको चुनौती पार्न गर्न नेपाललाई कठिन हुनेछ। वरीयतामा नेपाली महिला टोली ९९औं स्थानमा छ। नेपालको समूहका लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !