६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी

१४ चैत्र २०८१, बिहीबार १८:०९

विराटनगर । फेसबुकमा चिनजान भएकी किशोरीलाई विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपसहित एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ ।

विराटनगर महानगरपालिका-१५ घर भई कोशी प्रदेश प्रहरी गणमा कार्यरत साह थरका प्रहरी जवानविरुद्ध ती किशोरीले किटानी जाहेरी दिएकी हुन् । उनले जाहेरीमा आफूलाई बिहेको आश्वासन दिएर गत भदौमा भेट्न बोलाएको र बलात्कार गरेको उल्लेख गरेकी छन् ।

उनीहरूबीच २०८१ साल जेठदेखि फेसबुकमा चिनजान भएको थियो । सामाजिक सञ्जालमा नै साहले ती किशोरीलाई विवाह गर्ने आश्वासन दिएपछि भेटघाट हुने गरेको पीडित युवतीले जाहेरीमा लेखेकी छन् । इलाका प्रहरी कार्यालय बिर्तामोड झापामा दिइएको जाहेरीअनुसार साहले युवतीलाई गत भदौ ७ गते सुरुङ्गामा भेट्न बोलाएका थिए । भेटका क्रममा रात परिसकेको भन्दै होटलमै बस्न भनेको उनको भनाइ छ ।

आफू घर फर्किन खोज्दा ‘तिमीलाई एक्लै छोड्दिन, केही हुँदैन’ भन्दै होटलमा राखेको जाहेरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रकाश विष्टले पीडितले किटानी जाहेरी दिएको बताए ।

उनले भने, ‘१९ वर्षिया युवतीले किटानी जाहेरी दिनुभएको छ । यस विषयमा अनुसन्धान सुरू भएको छ । अहिलेसम्म पक्राउ पुर्जी भने जारी भएको छैन । पीडितले भेट्न बोलाएर आफूलाई सुरुङ्गाको होटल क्विन प्यालेस राखेको बताएकी छन् । कोठामा छिरेलगत्तै शाहले जबरजस्ती अँगालो हालेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।’

झापाका पत्रकार र अधिकारकर्मी गुहारेकी ती किशोरीले साहले बिहे नगर्ने भनेपछि आफूले धेरै पटक आत्महत्याको प्रयास गरेको समेत बताएकी छन् । उनले केही दिनअघि पत्रकारसँग कुरा गर्दै उनले आफूलाई केही दिनसम्म बिहेको आश्वासन दिएको बताइन् । कानून व्यवसायी अर्जुन बस्नेतसहितको टीमको सहयोगमा जाहेरी दर्ता भएको छ । अधिकारकर्मी र स्थानीय नेताले दबाब दिएपछि प्रहरीले जाहेरी लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता