2026-09-20 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ

काठमाडौँ | हराएको चार दिनपछि गाडिएको अवस्थामा एक युवकको शव भेटिएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौँ दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् ।

उनीहरुले सर्लाहीको चक्रघट्टा-८ घर भइ काठमाडौँ गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनी ११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी समेत परेको थियो । खोजतलासको क्रममा उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा १५ चैतमा फेला परेको थियो ।गाडिएको अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा उनीहरु पक्राउ परको हुन् ।

लेनदेनको विषयमा विवाद हुँदा उनीहरुले राहुलको हत्या गरेको पाइएको एसपी बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो