२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

१९ वर्षीया गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, हत्या गरी डोजरले खाल्डो खनी गाडेपछी..

१८ चैत्र २०८१, सोमबार १२:४८

विराटनगर । श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले श्रीमती हराएको भन्दै चैत्र १ गते प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए । उनले १९ वर्षीया श्रीमती विमला कट्टेल हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास गरेको थियो ।

अनुसन्धानका क्रममा श्रीमान् माथि नै शंका लागेपछि प्रहरीले अनुसन्धानको दायरा श्रीमान् तिर केन्द्रित गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले अनुसन्धानका क्रममा श्रीमती हराएको भनी प्रहरीमा उजुरी दिने उमेश गिरी नै हत्यामा संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको बताए ।

अनुसन्धानका क्रममा गिरीले फागुन २९ गते श्रीमतीको हत्या गरेको खुलेको छ । गिरी एक्साभेटर चालक रहेको र घुम्न जाउँ भनी श्रीमतीको हत्या गरेर एक्साभेटरले खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको छ ।

विमलाको शव चैत्र १५ गते फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोप स्थित दाहाल गोलाईबाट गाडेको अवस्थामा प्रहरीले उत्खनन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता सञ्जीव बोगटीका अनुसार, एक्स्काभेटर चालक रहेका उमेश गिरीले गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर शव गाडेका थिए। पक्राउ परेका गिरीलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ