२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत पुगे राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, प्रहरी परिचालन

२०८१, १८ चैत्र सोमबार १४:३४

काठमाडौँ | काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको खुलेको छ । एक उच्च प्रहरी अधिकारीले प्रसाईं भारत पुगेको बताए ।

यही चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए । राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका हुन् ।

प्रदर्शनक्रममा दर्जनौँ सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरिएको थियो । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएका प्रहरीको भनाइ छ ।

शुक्रबार (चैत १५) राति नै उनी काठमाडौं छाडेर भारततर्फ लागेको प्रहरी जनाएको छ ।

प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका थिए । त्यहाँ फलफूल खाएर सोही राति उनी ललितपुरको फर्सीडोल हुँदै चितवनको ठोरी रुटबाट भारत गएको प्रहरी दाबी छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको देखिन्छ ।’’ उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको प्रहरीले जनाएको छ ।

प्रसाईं भारत पुगेको सूचनालगत्तै प्रहरीका केही अधिकारीले त्यहाँको सहयोगमा उनलाई पक्राउको आन्तरिक तयारी सुरु गरेका छन् । त्यसनिम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्ईबी)को टोलीले भारतीय प्रहरीसँग समन्वय थालेको छ ।

प्रसाईंले भने आइतबार (चैत १७) दिउँसो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको बताएका थिए ।

आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रसाईंलाई कुनै पनि हालतमा पक्राउ गर्न मातहतका सुरक्षा अधिकारीलाई ‘कडा’ निर्देशन दिएका थिए ।

प्रसाईं भारत पुगेको भए त्यहाँबाट पक्राउ गरेर नेपाल ल्याइहाल्न सहज छैन । प्र्रसाईंलाई पक्राउ गर्नेबारेको निर्देशन शुक्रबार अबेर आउँदा उनी प्रहरीको पन्जाबाट फुत्कन सफल भएका हुन् ।

उनी भागे पनि प्रहरीले प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई सोही राति पक्राउ गरेको थियो ।

मिश्र र जबरासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित र उपद्रव कसुरमा मुद्दा चलाइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ । उनीहरूसँगै पक्राउ परेका अरू ४१ जनालाई पनि थुनामा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको अनुमति दिएको छ ।

राजावादीले राजसंस्था पुनर्स्थापनानिम्ति ‘जनआन्दोलन’ नाम दिएको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं तोकिएका थिए । आन्दोलनका संयोजक पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदी तोकिएका छन् । प्रदर्शन अराजक बनेपछि उनीहरूको आन्दोलन मत्थर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु