३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए

१८ चैत्र २०८१, सोमबार १५:१७

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन् ।

पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईँले अर्को चिठ्ठी पठाउनुपर्थ्यो प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर, त्यसले एउटा पनि फोहोर गरेन । सबै सफा गर्‍यौं ।’

उनले समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको सुनाए ।

उनले थपे, ‘हामीले निर्देशन पनि दिएका थियौं कुनै चिज फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस् भनेका थियौं, हाम्रो कार्यकर्ताले त्यो काम गरे, हाम्रो कार्यक्रम सभ्य, सुसंस्कृत, संस्कारयुक्त, शान्तिपूर्ण ढंगले सम्पन्न भयो। मान्छेको उपस्थिती देखेर सिंगो देशलाई नै तरंगित गर्‍यो । नेपालको राजनीतिमा पनि सन्देश दियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए