२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने?

१९ चैत्र २०८१, मंगलवार १२:४१

काठमाडौँ | सभामुख देवराज घिमिरे सम्पत्ति शुद्धीकरणको मुद्दा राजनीतिक हतियार बन्नसक्नेप्रति चिन्तित देखिएको रास्वपा सभापति रवि लामिछानेले बताएका छन् ।

उनी आफ्नो सांसद पदको निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका थिए ।

सभामुखसँग भेटेपछि लामिछानेले भने, ‘उहाँले भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भन्ने कुरा राख्नुभयो । यसप्रति उहाँ सचेत र चिन्तित पनि हुनुहुन्छ ।’

उनले आफूमाथि लगाएकोजस्तो मुद्दा सरकारले हुनेले विपक्षी पार्टीका नेतालाई मात्रै नभई पार्टीभित्रै पनि प्रतिस्पर्धीलाई लाग्नसक्ने सभामुखलाई सुनाएको बताए ।

उनले भने, ‘मैले त्यसो भए आज सदनमा छलफल गरौं न, एक पटकमा कतिजनासम्मलाई निलम्बन गर्न पाउने हो किनभने मुद्दा टेकाइदिए त पुग्यो, मुद्दा किनारा लाग्न कति वर्षौं लाग्छ सबैलाई थाहा छ । यो सरकारले विपक्षी पार्टीको मात्रै होइन, आफ्नै पार्टीभित्र पनि प्रतिस्पर्धी छ भने त्यसलाई पनि यो हतियार प्रयोग गर्नसक्ने भयो। त्यसैले मैले यहीबाट समाधान गर्नुपर्छ, राजनीतिक दलहरुसँग कुरा गरियोस् भनेको छु ।’

उनले सभामुखबाटै सांसद पद फुकुवा गर्ने विश्वास भएकाले अहिले अदालत नगएको बताए । यद्यपि, सभामुखले तत्काल लामिछानेको सांसद पद फुकुवा गर्न नसक्ने जवाफ दिएका छन् ।

सभामुखले रविलाई भने, ‘तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो । तर, मैले नियमावली हेरेर कानूनअनुसार गरेको हुँ । कानूनभन्दा माथि कोही छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ