विनोदसिंह विष्ट/साउन १९, बैतडी । बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ । 

अति आव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विनोदसिंह विष्ट/साउन १९, बैतडी । बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ । 

अति आव"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा सिटामोल र आइरन चक्कीको पनि अभाव

२०७४, १९ श्रावण बिहीबार ०३:३९


विनोदसिंह विष्ट/साउन १९, बैतडी । बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ । 

अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । आइरन चक्की नपाउँदा आफू गर्भवती भएको छ महिना हुँदासम्म पनि आइरन चक्की सेवन नगरेको पाटन नगरपालिका सिद्घेश्वरकी ईश्वरी चन्दले बताउनुभयो । 

स्वास्थ्य चौकी आउँछु, आइरन चक्की मिल्दैन, गर्भवती भएको छ महिनासम्म पनि आइरन खाएको छैन, उहाँले भन्नुभयो “डाक्टरले अनिवार्यरुपमा गर्भवती हुँदा आइरन सेवन गर्नुपर्छ भन्नुहुन्छ, कहाँबाट खाने ?” 

बिरामी भएर स्वास्थ्य संस्थामा पुगेका पाटनका दिनेश अवस्थीले पनि औषधि नपाएको गुनासो गर्नुभयो । स्वास्थ्य संस्थामै औषधि पाइन छोडेको छ, उहाँले भन्नुभयो “सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि नै मिल्न छोड्यो, मेडिकलबाट किन्ने पैसा छैन ।” 

स्वास्थ्य संस्थामा औषधि अभाव हँुदा उपचारमा पनि समस्या भएको पाटन नगरपालिकाको सिद्घेश्वर स्वास्थ्य चौकीका अनमी लक्ष्मी भट्टले जानकारी दिनुभयो । सामान्य ज्वरो आएको बेला दिइने सिटामोल समेत छैन, उहाँले भन्नुभयो “गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्कीको समेत अभाव छ ।” 

गर्भवती महिलाले नियमित रुपमा २२५ दिनसम्म लगातार रुपमा सेवन गर्नुपर्ने आइरन चक्कीसमेत अभाव रहेको अनमी भट्टले बताउनुभयो । गएको तीन महिनादेखि आइरन चक्की र सिटामोलको समेत अभाव भएको छ, उहाँले भन्नुभयो “आइरन चक्कीको समेत अभाव हँुदा आमा बच्चाको समेत स्वास्थ्यमा असर पर्ने देखिन्छ ।” आजभोलि रुघाखोकी, झाडापखाला, भाइरल ज्वरोका बिरामी बढिरहेको भएपनि औषधि नपाउँदा उपचारमा समस्या भएको छ । 

बैतडीका स्वास्थ्यसंस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्क रुपमा उपलब्ध गराउने भनेको भएपनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आन्तरिक श्रोतबाट केही औषधि खरिद गरिएको भएपनि पछिल्लो समयमा औषधि अभाव भएको छ ।” 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यसरी चार महिनादेखि औषधि अभाव हुँदा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाउँदा स्थानीय बासिन्दा आक्रोशित समेत भएका छन् । 

जिल्लाको दुर्गम तल्लोस्वराडमा रहेको उदयदेव स्वास्थ्य चौकीमा पनि सिटामोल र आइरन चक्कीसमेत एक महिनादेखि अभाव रहेको स्वास्थ्य चौकी इन्चार्ज शिवकुमार कठरियाले जानकारी दिनुभयो । औषधिको अभाव हँुदा बिरामीलाई रित्तै हात घर पठाउनुपर्छ, उहाँले भन्नुभयो “स्वास्थ्य चौकीमा आएका बिरामी तथा स्थानीय बासिन्दा औषधि नपाउँदा आक्रोशित हुने गरेका छन् ।” 

औषधि अभाव हुँदा उपचारमा समस्या हुनुका साथै स्थानीय आक्रोशित भएर बिना औषधि स्वास्थ्य चौकीमा किन बसेको भन्दै हप्काउने गरेको समेत उहाँले बताउनुभयो । 

स्वास्थ्यचौकीका लागि २० प्रकारको औषधि भएपनि थप १६ प्रकारको औषधिको भने अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । शतप्रतिशत औषधि कहिल्यै पनि पूर्ति हुन सकेको छैन, उहाँले भन्नुभयो “सबै अधिकार स्थानीय तहलाई दिएको भएपनि औषधि कसले किन्ने भन्ने टुंगो नलाग्दा अभाव भएको हो ।” 

राजनीतिक अस्थिरता भएकाले असारदेखि औषधिको बढी अभाव भएको हो । औषधि कसले किन्ने भन्ने भनेर नीति नबनाउँदा अन्यौल बढेको प्रमुख डा अवस्थीको भनाइ रहेको छ । उहाँले भन्नुभयो, “औषधि जीवनमरणको कुरा हो यसमा सम्बन्धित निकायले गम्भीर हुनुपर्छ ।” 

केन्द्रमै अलमल रहेको छ, स्वास्थ्य मन्त्रालयले किन्ने कि स्वास्थ्य सेवा विभागले किन्ने कि क्षेत्रीय स्वास्थ्य निर्देशनालयले किन्ने भन्नेबारे अन्यौल रहेको प्रमुख डा अवस्थी भन्नुभयो “जिल्ला तथा स्थानीय तहलाई नै औषधि किन्न दिई चाँडोभन्दा चाँडो औषधि आपूर्ति गर्नुपर्छ ।” 

औषधि अभाव भएका स्वास्थ्यसंस्थामा एकदुई महिना अझै औषधिको अभाव हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले जनाएको छ । औषधि अभाव देखाउँदै दुर्गमका स्वास्थ्यचौकी दिउँसो १ बजे नै बन्द हुने गरेका छन् । सरकारले साँझ ५ बजेसम्म स्वास्थ्यचौकी खोल्ने नियम बनाए पनि त्यो नियमको भने परिपालना हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ