2026-08-22 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज

काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । ‘गाउँको हुल्लडबाज’ले ल्याएर मान्छे जम्मा गर्दैमा त्यसलाई लोकप्रियवादी भन्न नसकिने उनले टिप्पणी गरे ।

राजावादीको आन्दोलनका ‘कमान्डर’ विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका छन् । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा उनको नेतृत्वमा प्रदर्शनकारी हिंसामा उत्रिएका थिए । नेता नेपालले त्यही घटनालाई संकेत गरेका हुन् ।

मंगलबार (चैत १९) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित उनले भने, “मान्छे त जसले पनि भेला गर्न सक्छ, आन्दोलन हो भन्न सक्छ । तर, आवश्यकताअनुसारको मुद्दा बोकेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो ।”

पार्टीको मोरङ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी विराटनगर आएका हुन् । बर्खास्त भइसकेका राजा अब फर्कने कुनै सम्भावना नरहेको उनले उल्लेख गरे ।

“कि राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ, कुनै महात्मा वा साधु हुनुपर्छ,” उनले भने ।

गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ भनेको प्रसंगबारे उनले व्यंग्य गर्दै भने, “छोरालाई ल्याउनेहरूको नातिको दारी आएकै छैन, दारी आइसकेपछि थाहा होला ।” अध्यक्ष नेपालले वंशाणुगत राजतन्त्रको औचित्य सकिइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै