२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान

१९ चैत्र २०८१, मंगलवार १७:४९
काठमाडौँ | तीनकुनेमा भएको प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टममा ढिलाई भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरिरको पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका छन् ।

रजकका परिवारले घटना अनुसन्धान गर्न जाहेरी दिएसँगै प्रहरीले उनको पोष्टमार्टम प्रक्रिया अघि बढाउन अस्पताल प्रशासनलाई आग्रह गरेको छ । तर, उनलाई गोली लागेको हल्ला फैलिएपछि चिकित्सकहरुले एक्सरे गरेर मात्र पोष्टमार्टम थाल्ने अडान लिएका हुन् ।

पोर्टेबल एक्सरे मेशिन त्रिवि शिक्षण अस्पतालमा नभएको र अन्यत्र खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

चैत १५ मा समाचार संकलन गर्ने क्रममा उनको मृत्यु भएको थियो । आगजनी गरिएको घरमा मृत भेटिएका उनको शरिरमा गोली नलागेको प्रहरी अधिकृतहरु बताउँछन् । तर, सामाजिक सञ्जालमा उनलाई गोली लागेको भनेर ‘अफवाह’ फैलाइएको एकजना प्रहरी अधिकृतले बताए ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा धेरैलाई गोली लागेको आशंका गरिएको छ । तर, त्यहाँ कत्ति गोली चल्यो भन्नेबारे प्रहरीसँग अझै एकिन तथ्यांक छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहरा भन्छन्, ‘खर्च भएको गोलीको विवरण संकलन गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह