2026-07-25 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा

काठमाडौँ | काठमाडौँ बुधबार पनि विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ सहरमध्ये काठमाडौं सर्वाधिक प्रदूषित भएको देखाएको हो ।

आइतबारयता लगातार काठमाडौं यस सूचीको एक नम्बरमा छ । बुधबार बिहान ११ः३० बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २४२ पुगेको आईक्यू एयरको तथ्यांक छ । मंगलबार सोही समयमा काठमाडौंको एक्यूआई २५६ मापन भएको थियो ।


दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई २१२ छ । यीबाहेक अन्य सहरमा यो सूचकांक २०० भन्दा कम छ । स्वास्थ्यका दृष्टिकोणले यी दुई सहर अति अस्वस्थकर बनेका छन् ।

वातावरण विभागका अनुसार, काठमाडौं उपत्यकाका पाँच स्थानमा वायु प्रदूषण उच्च छ । बुधबार बिहान ११ः३० बजे काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर अस्वस्थ्करको सूचीमा छन् । ती स्थानको एक्यूआई १७४ देखि १९५ सम्म मापन भएको छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक