२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा

२० चैत्र २०८१, बुधबार ११:५७
काठमाडौँ | काठमाडौँ बुधबार पनि विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ सहरमध्ये काठमाडौं सर्वाधिक प्रदूषित भएको देखाएको हो ।

आइतबारयता लगातार काठमाडौं यस सूचीको एक नम्बरमा छ । बुधबार बिहान ११ः३० बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २४२ पुगेको आईक्यू एयरको तथ्यांक छ । मंगलबार सोही समयमा काठमाडौंको एक्यूआई २५६ मापन भएको थियो ।


दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई २१२ छ । यीबाहेक अन्य सहरमा यो सूचकांक २०० भन्दा कम छ । स्वास्थ्यका दृष्टिकोणले यी दुई सहर अति अस्वस्थकर बनेका छन् ।

वातावरण विभागका अनुसार, काठमाडौं उपत्यकाका पाँच स्थानमा वायु प्रदूषण उच्च छ । बुधबार बिहान ११ः३० बजे काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर अस्वस्थ्करको सूचीमा छन् । ती स्थानको एक्यूआई १७४ देखि १९५ सम्म मापन भएको छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ