Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ

२०८१, २० चैत्र बुधबार १२:१२

काठमाडौँ | भारतीय ग्याङ्स्टरको परिचय दिएर सामाजिक सञ्जालमार्फत धम्की दिई ठूलो रकम फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–७, कोठघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढाक्षेत्री हाल बाँकेको कोहलपुर–५ मा कोठा भाडामा बस्दै आएका थिए।

उनले विदेशी मोबाइल नम्बरको ह्वाट्सएप प्रयोग गरी फिरौती माग्दै आएका थिए। प्रहरीका अनुसार उनले आफूलाई भारतीय ग्याङ्स्टर लरेन्स बिस्नोई र अनमोल बिस्नोई बताउँदै ह्वाट्सएपबाट धम्की दिएका थिए। म्यासेजमार्फत पाँच करोड भारतीय रुपैयाँ मागिएको र नदिए जे पनि हुन सक्ने धम्की दिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको मोबाइल बरामद भएको र विदेशी नम्बरबाट म्यासेज पठाएको पुष्टि भएको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताए।

लरेन्स बिस्नोई एक भारतीय ग्याङ्स्टर हुन्, जो सन् २०१४ देखि फिरौती र हत्या आरोपमा भारतीय कारागारमा छन्। उनमाथि पंजाबी गायक सिद्दु मुसेवालाको हत्या (२९ मे २०२२), अभिनेता सलमान खानलाई ज्यान मार्ने प्रयास र बाबा सिद्दीकीको हत्या जस्ता आरोप छन्। उनका भाइ अनमोल बिस्नोईले लरेन्स जेलमा रहेको समयमा व्यापारी र उद्योगीहरूलाई धम्की दिँदै फिरौती माग्ने गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका बुढाक्षेत्री यसअघि पनि विभिन्न अपराधमा संलग्न थिए। इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट २०६१ साउन २७ मा नेपाली युवतीलाई ललाईफकाई भारत लैजाने र जिउ मास्ने–बेच्ने उद्योग मुद्दा लागेको थियो। २०६२ चैत ८ मा झापा प्रहरीले उनलाई धम्की दिई चन्दा असुली गरेको मुद्दामा पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंबाट २०६४ भदौ ९ मा धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखेर फिरौती असुलेको, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट २०६४ चैत २७ मा संविधानसभा निर्वाचनका उम्मेदवार ऋषि शर्मालाई सुर्खेतको लोधे भन्ने स्थानमा गोली हानी मारेको कर्तव्य ज्यान मुद्दा, र २०६५ चैतमा द्वन्द्वपीडित सेना–प्रहरीको आन्दोलनमा हतियार खोसेको मुद्दा लागेको छ।

यस्तै, कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ति बहादुर बस्नेतलाई गोली हानेको मुद्दामा उनलाई पाँच वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उक्त सजाय भुक्तान गरी २०७० फागुन २८ मा कारागारबाट छुटेका थिए। २०५९ मा नेपाल सेनामा भर्ना भएका उनी छोटो समयमै जागिर छाडेर भागेका थिए। त्यसपछि कुनै पेसामा संलग्न नभई विभिन्न समूहसँग मिलेर अपराधिक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली