२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ

२० चैत्र २०८१, बुधबार १२:१२

काठमाडौँ | भारतीय ग्याङ्स्टरको परिचय दिएर सामाजिक सञ्जालमार्फत धम्की दिई ठूलो रकम फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–७, कोठघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढाक्षेत्री हाल बाँकेको कोहलपुर–५ मा कोठा भाडामा बस्दै आएका थिए।

उनले विदेशी मोबाइल नम्बरको ह्वाट्सएप प्रयोग गरी फिरौती माग्दै आएका थिए। प्रहरीका अनुसार उनले आफूलाई भारतीय ग्याङ्स्टर लरेन्स बिस्नोई र अनमोल बिस्नोई बताउँदै ह्वाट्सएपबाट धम्की दिएका थिए। म्यासेजमार्फत पाँच करोड भारतीय रुपैयाँ मागिएको र नदिए जे पनि हुन सक्ने धम्की दिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको मोबाइल बरामद भएको र विदेशी नम्बरबाट म्यासेज पठाएको पुष्टि भएको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताए।

लरेन्स बिस्नोई एक भारतीय ग्याङ्स्टर हुन्, जो सन् २०१४ देखि फिरौती र हत्या आरोपमा भारतीय कारागारमा छन्। उनमाथि पंजाबी गायक सिद्दु मुसेवालाको हत्या (२९ मे २०२२), अभिनेता सलमान खानलाई ज्यान मार्ने प्रयास र बाबा सिद्दीकीको हत्या जस्ता आरोप छन्। उनका भाइ अनमोल बिस्नोईले लरेन्स जेलमा रहेको समयमा व्यापारी र उद्योगीहरूलाई धम्की दिँदै फिरौती माग्ने गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका बुढाक्षेत्री यसअघि पनि विभिन्न अपराधमा संलग्न थिए। इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट २०६१ साउन २७ मा नेपाली युवतीलाई ललाईफकाई भारत लैजाने र जिउ मास्ने–बेच्ने उद्योग मुद्दा लागेको थियो। २०६२ चैत ८ मा झापा प्रहरीले उनलाई धम्की दिई चन्दा असुली गरेको मुद्दामा पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंबाट २०६४ भदौ ९ मा धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखेर फिरौती असुलेको, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट २०६४ चैत २७ मा संविधानसभा निर्वाचनका उम्मेदवार ऋषि शर्मालाई सुर्खेतको लोधे भन्ने स्थानमा गोली हानी मारेको कर्तव्य ज्यान मुद्दा, र २०६५ चैतमा द्वन्द्वपीडित सेना–प्रहरीको आन्दोलनमा हतियार खोसेको मुद्दा लागेको छ।

यस्तै, कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ति बहादुर बस्नेतलाई गोली हानेको मुद्दामा उनलाई पाँच वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उक्त सजाय भुक्तान गरी २०७० फागुन २८ मा कारागारबाट छुटेका थिए। २०५९ मा नेपाल सेनामा भर्ना भएका उनी छोटो समयमै जागिर छाडेर भागेका थिए। त्यसपछि कुनै पेसामा संलग्न नभई विभिन्न समूहसँग मिलेर अपराधिक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?