२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का

२०८१, २० चैत्र बुधबार १३:४९

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने पक्का भएको छ ।

प्रधानमन्त्री भएको नौं महिना हुनै लाग्दासमेत भारतको औपचारिक भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री ओलीले अन्ततः थाइल्यान्डमा प्रधानमन्त्री मोदीसँग साइडलाइन भेटवार्ता गर्ने पक्का भएको हो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, दुई प्रधानमन्त्रीबीच पर्सि शुक्रबार अपराह्न चार बजे भेटवार्ता हुने तय भएको छ ।

प्रधानमन्त्री ओली मंगलबार नै थाइल्यान्ड गएका छन् । भारतका प्रधानमन्त्री मोदी भने बिहीबारमात्रै बैंकक पुग्नेछन् । शुक्रबार श्रीलंका जानुअघि प्रधानमन्त्री ओलीसँग भेटवार्ता हुने तय भएको हो । यद्यपि भेटमा के विषयमा कुराकानी हुने भन्नेबारे भने केही विषय बाहिर ल्याइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता