२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो

२०८१, २० चैत्र बुधबार १७:२२

काठमाडौँ | नेपाल प्रहरीले चैत १५ गते तीनकुनेमा भएको राजाबादी आन्दोलनका क्रममा ५८ राउन्ड गोली प्रहार भएको २० लागेको पुष्टि गरेको छ। आज पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त कुरा जनाएको हो।

गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए। गोली लागेका मध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ।

उनले ५८ राउन्ड गोली, ७४६ राउन्ड टियर ग्यास, १९२ पटक ब्ल्यांक फायर भएको उनले जानकारी दिए। पेस्तोलबाट दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।

प्रदर्शनमा ५५ नेपाल प्रहरी र २३ सशस्त्र प्रहरी घाइते भएको उनले बताए। ५३ जना प्रदर्शनकारीसमेत घाइते भएको प्रहरीको भनाइ छ।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै भएको प्रदर्शन हिंस्रक बन्दा मानवीय क्षतिसहितको दुखद घटना घटेको थियो।

यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास नहानेको दाबी गरेको छ। ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन। राष्ट्रिय गान बज्दा टियर ग्यास हानिएको होइन। त्यो डिप फेक भिडियो हो। कार्यक्रम सुरु नै भएको छैन, कसरी राष्ट्रिय गान बज्छ?,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता