२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस सेन्टरले दियो पत्रकार सुरेश रजकको परिवारलाई १० हजार

२१ चैत्र २०८१, बिहीबार १५:५३

काठमाडौँ | प्रेस सेन्टर नेपालले तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा आगजनीमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेको छ ।घरमा पुगेर सेन्टरका पदाधिकारीहरूले रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा निवर्तमान महासचिव सन्तोष पौडेल र नवनिर्वाचित महासचिव मनोज घर्तीमगर सहितको टोली बिहीबार रजकको घरमा पुगेको हो ।

त्यसक्रममा अध्यक्ष गिरीले रजकको मृत्यु नभएर हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आफूहरू पनि माग रहेको बताए |

रिपोर्टिङको क्रममै ज्यान गएकोले रजकलाई शहीद घोषणा गर्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने परिवारजनको माग छ । अध्यक्ष गिरीले आफूहरू परिवारजनको साथमा रहेको र रजकको न्यायका लागि संगठनको ऐक्यबद्धता रहने बताए ।

प्रेस सेन्टरले रजकको परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ