२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘टिकटकमा लाइभ’ बस्दा …

२२ चैत्र २०८१, शुक्रबार २३:३१

म्याग्दी ।  बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्नुहुन्छ । उहाँले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गर्नुभएको हो ।

“समाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर ब्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,” उहाँले भन्नुभयो “ टिकटकको सहायताले मासिक रु. तीन देखि चार लाख मूल्य बराबरको सामान बिक्री गर्दै आएकी छु ।”

‘टिकटक’को प्रयोग गर्न थालेपछि उद्यमीहरुले उत्पादन गर्ने सामान खरिद गर्न देखि उपभोक्ता र जिल्ला बाहिरका ब्यापारीलाई बिक्री गर्न सजिलो भएको गुरुङको अनुभव छ । “पहिले पसलमा आवश्यक पर्ने सामान जुटाउन र मासिक रु. एक लाखको सामान बेच्न पनि मुस्किल थियो,” उहाँले भन्नुभयो “ ‘टिकटक’ मार्फत अर्डर लिएर मासिक रु. चार लाख सम्म सामान बेच्छु । ‘टिकटक’कै सहयोगमा गाउँ गाउँमा दिदीबहिनीले उत्पादन गरेका सामान खरिद गर्छु ।”

‘टिकटक’मा सामानको भिडियो सहित आफ्नो सम्पर्क नम्बर राख्ने गर्नुहुन्छ । सोही ‘भिडियो’ हेरेर ग्राहकले सामान अर्डर गर्ने र आफ्नो खातामा पैसा जम्मा गरेपछि गाडी र कुरियर मार्फत सामान पठाउने गरेको गुरुङले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको सटरमा गुरुङले गत असार महिनादेखि कोशेली घर सञ्चालन गर्नुभएको थियो ।

कोशेली घरमा म्याग्दीका उद्यमीले उत्पादन गर्ने ढाका, अल्लो, तानमा बुनेका कपडा, राडीपाखी, जातीय पोशाक, नेपाली हाते कागज, भाँगो, कालो भट्ट, रातो च्याउ, सिमीको दाल, सिस्नो पाउडर, घर र भिरमह, टिमुर लगायत बस्तुहरु खरिद बिक्री हुन्छ । पोखरा, काठमाडौ, बुटवल, चितवनका ब्यापारी र विदेशमा रहेका नेपालीहरु ‘टिकटक’को माध्यमबाट कोशेली घरका सञ्चालक गुरुङको सम्पर्कमा आउँछन् ।

विदेशमा रहेका नेपालीका आफन्तलाई सम्पर्क गरेर सामान पठाउने र भुक्तानी लिने गरेको गुरुङले बताउनुभयो । बेलायत, अस्टे«लीया, जापान, पोर्चुगल, अमेरिकामा रहेका नेपालीहरुले सामान माग गर्छन् । सिस्नोको पाउडर, टिमुरको चटनी, फापरको पिठोको विदेशबाट धेरै माग आउने गरेको गुरुङले बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोशेली घर सञ्चालन गरेपनि स्थानीय उद्यमीले तयार पारेका कृषि, पशु र लघुउद्योगको उत्पादन बजारीकरणमा सहयोग पुगेको बताउनुभयो । यहाँ आउने पाहुनाहरु फर्किएर जाँदा चिनो स्वरुप कोशेली घरबाट सामान किनेर लैजाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ