2026-09-20 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने

काठमाडौँ | सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई विशेष प्रदान गर्न एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रा.लि.सँग सहकार्य गरेको हो ।

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ ।

ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. लाई जानकारी गराउनु पर्नेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो