2026-07-26 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगर–१९ मा पुनः मतदान शुरु

साउन २०, चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभयो । 

सो वडामा किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । 

मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबारदेखि नै सो वडामा बर्सात भइरहेको छ । बर्सात र हिलो भएपछि मतदाता आउन ढिलाइ गरेको जीवनज्योति स्कुल, गुञ्जनगरमा रहनुभएका तत्कालीन गुञ्जनगर गाउँ विकास समितिका उपाध्यक्ष विष्णु ढकालले बताउनुभयो । 

यद्यपि, मतदाता आउने क्रम ७ बजेपछि बढेको उहाँले बताउनुभयो । राष्ट्रियरुपमा चर्चामा रहेको यस वडामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएका छन् । 

गए राति १२ बजेदेखि सो वडामा प्रवेश गर्ने नाकाहरु बन्द गराइएको थापाले बताउनुभयो । थापाका अनुसार तीनवटा मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येकमा ३५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी निरीक्षककै नेतृत्वमा तीनवटा मोबाइल टोली पनि परिचालन गरिएको छ भने प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीनवटा स्ट्राइकिङ टोली परिचालन गरिएका छन् । थप सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथीमा राखिएको छ । 

मोबाइल टोली मतदान केन्द्रमा घुमिरहने छ भने स्ट्राइकिङ टोली समस्या परेको ठाउँमा तत्काल पुग्नेछ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् । जिल्लाका अतिरिक्त हेटौँडाको दङ्गा नियन्त्रण प्रहरी गणबाट पनि एकसय प्रहरी झिकाइएको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्ला पूरै हेर्न सक्ने सुरक्षा जनशक्ति एउटा वडामा परिचालन गरिएकाले कुनै समस्या नहुने बताउनुभयो । निर्वाचनको अनुगमनका लागि निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेल र सहन्यायाधिवक्ता कृष्णजिवी घिमिरे बिहीबार नै यहाँ आइपुग्नुभएको भट्टले बताउनुभयो । 

गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले गत शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज पुनः निर्वाचन हुन लागेको हो । 

भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार नेकपा (एमाले)का नगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गर्नुभएको थियो भने नेकपा (माओवादी केन्द्र) – नेपाली काँग्रेस गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गर्नुभएको थियो । 

यसअघि वडा नं. १९ मा दुई हजार ८९७ मत खसेको थियो । वडा नं १९ मा तीन हजार ८९७ मतदाता छन् । महानगरको वडा नम्वर २० को तीन हजार ३०२ मत पनि गणना गर्न बाँकी रहेको छ । नारायण अधिकारी/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली