२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

यस्तो छ भरतपुर १९ को पछिल्लो स्थिति, बिहानैदेखि बर्षाको प्रभाव

२०७४, २० श्रावण शुक्रबार ०३:०२

साउन २०, चितवन । मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको छ ।

मतदान जारी भईरहेको भरतपुर १९मा किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । जहाँ ६ मतदान स्थाल रहेका छन् । 

मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबारदेखि नै सो वडामा बर्सात भइरहेको छ । वर्षात् र हिलो भएपछि मतदाता आउन ढिलाइ गरेको जीवनज्योति स्कुल, गुञ्जनगरमा रहनुभएका तत्कालीन गुञ्जनगर गाउँ विकास समितिका उपाध्यक्ष विष्णु ढकालले बताए ।

यद्यपि, मतदाता आउने क्रम ७ बजेपछि बढेको उनले बताए । राष्ट्रियरुपमा चर्चामा रहेको यस वडामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएका छन् ।

गए राति १२ बजेदेखि सो वडामा प्रवेश गर्ने नाकाहरु बन्द गराइएको थापाले बताए। थापाका अनुसार तीनवटा मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येकमा ३५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन वटा मोबाइल टोली पनि परिचालन गरिएको छ भने प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीनवटा स्ट्राइकिङ टोली परिचालन गरिएका छन् । थप सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथीमा राखिएको छ ।

मोबाइल टोली मतदान केन्द्रमा घुमिरहने छ भने स्ट्राइकिङ टोली समस्या परेको ठाउँमा तत्काल पुग्नेछ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् । जिल्लाका अतिरिक्त हेटौँडाको दङ्गा नियन्त्रण प्रहरी गणबाट पनि एक सय प्रहरी झिकाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्ला पूरै हेर्न सक्ने सुरक्षा जनशक्ति एउटा वडामा परिचालन गरिएकाले कुनै समस्या नहुने बताउनुभयो । निर्वाचनको अनुगमनका लागि निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेल र सहन्यायाधिवक्ता कृष्णजिवी घिमिरे बिहीबार नै यहाँ आइपुगेको भट्टले बताए ।

गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गत शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज पुनः निर्वाचन भएको हो ।

भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गर्नुभएको थियो भने नेकपा ९माओवादी केन्द्र० – नेपाली काँग्रेस गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेकी थिइन् ।

यसअघि वडा नं। १९ मा दुई हजार ८९७ मत खसेको थियो । वडा नं १९ मा तीन हजार ८९७ मतदाता छन् । महानगरको वडा नम्वर २० को तीन हजार ३०२ मत पनि गणना गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने