२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य

२६ चैत्र २०८१, मंगलवार १५:१७

काठमाडौँ | सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । मंगलबार एक सूचनामार्फत कोषले योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोरा/छोरीलाई औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको हो ।

कोषले ०८२ वैशाख १ गतेदेखि सेवा‍ लागु हुने भएकाले योगदानकर्ता पोर्टलमा राष्ट्रिय परिचयपत्र र फोटोसहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

लाभग्राही सबैको राष्ट्रिय परिचयपत्र नम्बर र फोटोसहितको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचनामा उल्लेख छ । सबैसँग राष्ट्रिय परिचयपत्र नहुने भएकाले तत्कालका लागि अनिवार्य गरिएको छैन । तर, केही समयपछि राष्ट्रिय परिचयपत्र लाभग्राही सबैलाई अनिवार्य गरिने कोषका सूचना अधिकारी डा. रोशन कोजु बताउँछन् ।

“कोषबाट दिइने औषधि उपचार र दुर्घटना योजनाबाट लाभ लिने सबैले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य अद्यावधिक गर्नुपर्नेछ,” उनले बाह्रखरीसित भने, “तत्काल सबैलाई अनिवार्य नभए पनि केही समयदेखि सबैलाई अनिवार्य गरिनेछ । अहिलेलाई भएकाहरूले अद्यावधिक गर्नुहोला ।”

कोषमा आबद्ध भएका योगदानकर्ताका श्रीमान्/श्रीमती र छोरा/छोरीले एक लाखसम्मको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा पाउनेछन् । यही एक लाख रुपैयाँबाट नै योगदानकर्ताले पनि औषधि उपचार सेवा पाउने छन् । तर, योगदानकर्ताले सात लाख रुपैयाँसम्मको उपचार पाउनेछन् ।

लगातार पाँच वर्षसम्म योगदान गर्ने योगदानकर्ताले १० लाखसम्मको औषधि उपचार र दुर्घटना उपचार सेवा पाउने कोजु बताउँछन् । तर, योगदानकर्ताका श्रीमान्/श्रीमती र छोरा/छोरीले एक लाखसम्मको मात्र औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा पाउने कोजुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली