साउन २१, चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना केहीबेर अघिदेखि सुरु भएको छ । महानगरपालिकाको कभर्ड हलमा चार समूह बनाएर मत गणना भइरहेको छ । उक्त कभर्ड हलमा मत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना केहीबेर अघिदेखि सुरु भएको छ । महानगरपालिकाको कभर्ड हलमा चार समूह बनाएर मत गणना भइरहेको छ । उक्त कभर्ड हलमा मत"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर १९ को मतगणना सुरु (अपडेट)

२०७४, २० श्रावण शुक्रबार १८:१८

साउन २१, चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना केहीबेर अघिदेखि सुरु भएको छ । शुक्रबार राति ११:३० बजेदेखि मतगणना सुरु भएको र भोलीनै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

अहिले महानगरपालिकाको कभर्ड हलमा चार समूह बनाएर मत गणना भइरहेको छ । उक्त कभर्ड हलमा मत गणनाको लागि सबै पार्टीका चार-चार जना प्रतिनिधि संलग्न छन । कभर्ड हलमा चार समूहलाई नियाल्ने गरि ५ वटा सिसि क्यामेरा जडान गरिएको छ । त्यस्तै सुरक्षाको लागि कमान्डो तालिम प्राप्त सुरक्षाकर्मी परिचालित छन् ।

भरतपुर १९ को शुक्रबार पुनः मतदान भएको थियो । शुक्रबार भएको मतदानमा २८ सय ७० मत खसेको थियो । जुन पहिलाको भन्दा २७ मत कम हो । यसअघि २८ सय ९७ मत मत खसेको थियो ।

गत जेठ १५ गते वडा नम्बर १९ को मतगणना हुँदा मतपत्र च्यातेपछि शुक्रबार पुनः सो वडामा मतदान गरिएको हो । 

शुक्रबारको मतदानमा २ हजार ८७० मत खसेको छ । वडा नम्बर २० को  पनि ३ हजार ३०२ मत गणना गर्न बाँकी छ । वडा नम्बर १८ को गणना सकिदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि छन् ।

भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी-कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी