२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु

२९ चैत्र २०८१, शुक्रबार १४:१९

काठमाडौँ | दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ भृकुटीमण्डपमा सुरु भएको छ। सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा यामाहा अधिकारी, सञ्चारकर्मी र उत्साहित ग्राहकको उल्लेखनीय उपस्थिति थियो। चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने छ। यामाहाको जुनसुकै बाइक वा स्कुटरमा ५० हजारको न्यूनतम भ्यालुएसन राखिएको छ भने अन्य ब्रान्डका बाइक तथा स्कुटरमा २५ हजार न्यूनतम मूल्याङ्कन रहेको छ। यी एक्सचेन्जमा सहभागी हुन अनिवार्य कर चुक्ता गरेको हुनुपर्ने छ।
एक्सचेन्जका अन्य सुविधा निम्नानुसार छन्:

अतिरिक्त १०,००० मूल्याङ्कन बोनस,
कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग
यामाहा थ्रिल अफ थ्री योजनाको साथ १,००,००० सम्म नगद छुट
थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १,००० जित्ने मौका
विज्ञापनको स्क्रिनसट देखाई ५०,००० सम्म नगद छुट जित्ने मौका,
यामाहा खरिद गरी १,००,००० सम्म नगद छुट पाउने अवसर

प्रदर्शनीमा यामाहाका विभिन्न मोडेलहरू प्रस्तुत गरिएका छन्। नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid (ARAI प्रमाणित ७१.३३ किमि/लिटर) प्रदर्शनीको प्रमुख आकर्षण हो। त्यससँगै R15 V4, MT-15 V2, Aerox 155, FZ V3 Series, र WR155R जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन्। यसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पूरा गर्ने आयोजकले जनाएका छन्।

यस ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज अफर मात्र नभइ, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको उनीहरूको भनाइ छ। सवारी अपग्रेड गर्न खोज्नेका लागि यो सुनौलो अवसर भएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ