५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने

२९ चैत्र २०८१, शुक्रबार २१:०१

काठमाडौँ । श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक राेजगार अन्तर्गत युरोपको मागपत्र प्रमाणीकरणको सहजीकरणको काम अबको एक महिनाभित्रै सुरु हुने बताएका छन् । मन्त्री भण्डारीले संस्थागत श्रम स्विकृतीको प्रमाणीकरण सँगै युरोपमा व्यक्तिगत रुपमा कामदार पठाउने हरु माथि लगाम लगाउने बताए ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं साधारण सभाको कार्यक्रम उदघाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले मुलुककाे अर्थतन्त्रमा वैदेशिक राेजगार व्यवसायीको याेगदानकाे कदर गर्न सरकार तयार रहेको भन्दै संख्या सय लगायतका समस्या समाधानदेखि मागपत्र प्रमाणीकरणका समस्या समाधान हुने बताएका हुन् । मन्त्री भण्डारीले प्राेटाेकल मिलाएर घरेलु कामदार पठाउने लगायतका विषयमा सरकार सुधारका लागि तयार रहेको, तर व्यवसायी कामदारका अधिकारका पक्षमा इमानदार हुन जरुरी रहेको उनले बताए ।

संघको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले युएईमा रोजगारमा जाने कामदारको न्युनतम तलब ८०० लाई बढाएर १०००, १३०० र १५०० बेसिक बनाउने तयारीमा सरकार रहेको जानकारी दिएका छन् । भण्डारीले त्यो भन्दा कम तलबको डिमाण्ड ल्याउन नपाउने बताए ।

सोहि कार्यक्रममा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सरकार वैदेशिक राेजगार व्यवसायी र कामदारको सुरक्षामा गम्भीर रहेको बताए । अर्थमन्त्री पाैडेलले व्यवसायीले उठाउँदै आएका सय संख्याको समस्याको समाधान, मागपत्र प्रमाणीकरणको समस्या समाधान, सेवा शुल्क परिमार्जनकाे विषयमा आफू जानकार रहेको बताउँदै त्यसको व्यावस्थापनमा अर्थमन्त्री पाैडेलले व्यवसायीले उठाउँदै आएका संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, लागतकाे परिभाषा गरी सेवा शुल्क परिमार्जनकाे विषयमा जानकार रहेको बताए ।

सरकारले युरोप रोजगारको लागि मागपत्र प्रमाणीकरणको काम सहज नबनाउदा युरोप रोजगारको नाममा बेथिति बढेको छ । युरोप रोजगारमा अबैध कन्सल्टेन्सी र व्यक्तिहरुले कामदार पठाउने गरिरहेको सम्बन्धमा सम्बन्धित निकायले चासो नदेखाएको र उल्टो व्यक्तिगत श्रम स्वीकृतिलाई प्राथमिकता दिएर फाइदा लिने गरेको आरोप लाग्दै आएको छ । वैदेशिक रोजगार क्षेत्र व्यवस्थित बनाउँदा सम्बन्धित निकायका अधिकारीहरुलाई बेफाइदा हुने हुँदा सुधार गर्न नचाहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध