साउन २१, ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन प"/>

2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमै एक किलो प्लास्टिकबाट ८ सय मिलिलिटर पेट्रोल


साउन २१, ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ ।

पोलिथिनबाट पेट्रोल बनाउन सकिन्छ भने कुरा सुन्दा अपत्यारिलो लाग्न सक्ला । तर यो वास्तविकता हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यसको सफल परीक्षण गरिसकेको छ ।

यस सम्बन्धी आवश्यक प्रविधि भित्र्याएर पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ प्रशोधन गर्न सफल भइसकेको प्रतिष्ठानले जनाएको छ ।

पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधि नेपालमा सफल भइसकेको प्रतिष्ठानअन्तर्गत प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले बताए । एक किलोग्राम प्लास्टिकबाट आठ सय मिलिलिटर भन्दा बढी पेट्रोलियम पदार्थ उत्पादन भइरहेको पनि उनले बताए ।

तेलको गुणस्तर र प्रयोग कहाँ एंव कसरी गर्ने भन्ने विषयमा अहिले अध्ययन/अनुसन्धान भइरहेको छ, उनले भने, “यी विषयमा पनि अध्ययन सकिएपछि हामी स्थानीय निकायसँग सहकार्य गरेर सहरी क्षेत्रमा थुप्रिएका प्लास्टिकको व्यवस्थापनतर्फ लाग्नेछौं ।”

पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने कुरा नेपालका लागि नयाँ विषय भए पनि विश्वका लागि भने होइन । पेट्रोलियम पदार्थबाट नै पोलिथिन बन्ने भएकाले पोलिथिनलाई तताएर फेरि पेट्रोलियम पदार्थ बनाउन सकिन्छ ।

नेपालमा दुई वर्ष पहिले प्रतिष्ठान र ‘इको प्लास्टिक जापान’ नामक संस्थाबीच यो क्षेत्रमा अध्ययनका लागि सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

‘सुरुको वर्षमा एक किलो झोलालाई मात्रै प्रशोधन गर्ने मेसिन थियो, अहिले प्रतिष्ठान आफैँंले १० किलो प्रशोधन गर्न मिल्ने मेसिन खरिद गरेको छ,’ उनले भने, “अध्ययन सकिएपछि प्लास्टिकको व्यवस्थापनका लागि टन प्रशोधन गर्ने मेसिन खरिद गर्नुपर्छ ।”

पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने हो भने यसबाट दोहोरो फाइदा लिन सकिन्छ, डा ढुंगेलले भने, ‘खपत भएका पोलिथिनको व्यवस्थापन हुँदा वातावरणमा स्वच्छता र सफाइमा सहयोग पुग्न छ भने पेट्रोलियम पदार्थको उत्पादन स्वदेशमै हुनेछ ।’

“भोलि सबै प्लास्टिकलाई प्रशोधन गर्दा आयात हुने पेट्रोलियम पदार्थको मात्रा समेत कम गर्न सकिनेछ,” उनले भने ।

अहिले नगरपालिकाको संख्या ह्वात्तै बढेको छ । फोहोरमैलाको व्यवस्थापन नयाँ नगरपालिकाका लागि प्रमुख चुनौती भएको सन्दर्भमा दुई÷चारवटा नगरपालिका मिलेर पोलिथिन प्रशोधन गर्ने उपकरण किन्न र सञ्चालन गर्न सकिन्छ, यसबाट फोहरमैला समेत व्यवस्थापन हुने दावी डा ढुंगेलको छ ।

उनले भने, “खरिद गर्न रकम मिलाएर हालेर सबैलाई पायकपर्ने ठाउँमा प्रशोधन केन्द्र चलाउन सकिनेछ ।” प्रतिष्ठानले स्थानीय निकायसँग सहकार्य बढाउने पनि उहाँले बताउनुभयो । पोलिथिन झोला प्रशोधन गर्ने खर्च पेट्रोलियम पदार्थले नै पुर्याउनेछ डा ढुंगेलले भने । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता