Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ

२०८२, २ बैशाख मंगलवार १२:१७

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले मौसमी कारण वा हावाहुरीका कारण केही समयका लागि विद्युत आपूर्तिमा आएको अवरोधलाई लोडसेडिङको रूपमा व्याख्या गर्नु भ्रामक र अतिरञ्जित हुने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले हाल देशका विभिन्न क्षेत्रमा परेको हावाहुरी तथा प्रि-मनसुन वर्षाका कारण केही स्थानमा विद्युत सेवा छोटो समयका लागि अवरुद्ध हुन गएको स्पष्ट पारेको छ । यस्तो अवस्थालाई ‘लोडसेडिङ’ भन्नु सत्यपरक नहुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।

‘मौसमी प्रतिकूलताका कारण विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध भएका स्थानहरूमा सेवा पुनः सञ्चालनका लागि देशभरका वितरण केन्द्रबाट दिनरात मरम्मत र सुधार कार्य भइरहेको छ। अधिकांस स्थानमा विद्युत आपूर्ति पुनःस्थापित भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ । प्राधिकरणले विद्युतीय संरचनामा क्षति देखिएको खण्डमा तत्काल सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन उपभोक्ताहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ