२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ

२ बैशाख २०८२, मंगलवार १२:१७

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले मौसमी कारण वा हावाहुरीका कारण केही समयका लागि विद्युत आपूर्तिमा आएको अवरोधलाई लोडसेडिङको रूपमा व्याख्या गर्नु भ्रामक र अतिरञ्जित हुने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले हाल देशका विभिन्न क्षेत्रमा परेको हावाहुरी तथा प्रि-मनसुन वर्षाका कारण केही स्थानमा विद्युत सेवा छोटो समयका लागि अवरुद्ध हुन गएको स्पष्ट पारेको छ । यस्तो अवस्थालाई ‘लोडसेडिङ’ भन्नु सत्यपरक नहुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।

‘मौसमी प्रतिकूलताका कारण विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध भएका स्थानहरूमा सेवा पुनः सञ्चालनका लागि देशभरका वितरण केन्द्रबाट दिनरात मरम्मत र सुधार कार्य भइरहेको छ। अधिकांस स्थानमा विद्युत आपूर्ति पुनःस्थापित भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ । प्राधिकरणले विद्युतीय संरचनामा क्षति देखिएको खण्डमा तत्काल सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन उपभोक्ताहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली