प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ल"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिफलबाट ट्रकमा चढेर ‘सचेत युवा’ पुगे ललितपुर बंगलामुखी मन्दिर सरसफाइमा

२०७४, २२ श्रावण आईतवार ०८:४९



प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ ।
'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ललितपुरतिर लागे ।

शंखमुलकाे पुल नजिकै ट्रकबाट अाेर्लिएर हिडेपछि उनीहरू ललितपुरकाे बंगलामुखी मन्दीरपरिसर वरिपरि हातमा पञ्जा लगाउदै कुचाे,सावेल,ब्रसले सफा गर्दा स्थानीय समेत अचम्मित मानेर हेरिरहे ।

सामाजिक सञ्जाल फेशबुक अभियानबाट संगठित युवा युवती स्वतस्फूर्त अावद्ध भएर उनीहरू सरसफाइमा जुटेका हुन् ।


३०/३५ जनाकाे समुहमा अाएका उनीहरूले मन्दीर परिसरमा भएकाे फाेहाेर व्यवस्थापन गरेका छन् ।

बंगलामुखि मन्दिर व्यवस्थापन समितिले पछिल्लो समय मन्दिर पुनः निर्माण पेन्टीङका कार्य समेत अगाडि बढाएकाे छ । साे मन्दिरमा पर्वबाहेक अन्य समयमा समेत भक्तजनको भिड लाग्ने गरेकाे छ ।

भिडियो हेर्नुहोस 




मन्दीर सरसफाइ पश्चात् हलमा भेला भएर उनिहरूले एकापसमा छलफल समेत गरेका छन् ।
सुरूमा राजधानीमा घरवेटीले चर्काे भाडादर लिने तर राज्यलाई घरबाहाल कर नतिर्ने, व्यवसायी कालाे बजारी गर्ने जस्ता समस्या देखेपछि त्यसकाे विरूद्ध सामाजिक संजालमा अभियानकाे रूपमा संचालन गरेर संगठित भएकाे सचेत युवा नेपालका अध्यक्ष रेवति काफ्लेले साझासबाललाई जानकारी दिए । संस्था सामाजिक क्षेत्रमा काम गर्न लागिपरेको बताउदै काफ्लेले भने-" अहिले स्वस्फूर्त रूपमा केही जुटिरहेका छाै । पशुपति मन्दिर सरसफाई , ट्राफिकसँग मिलेर ट्राफिक व्यवस्थापन लगाएतका अन्य सचेतनामुलक अभियान संचालन गरेका छाै ।"




उनले जेठ १३ गतेबाट १७ सदस्यीय कार्यसमिति बनाएर संस्था अगाडि बढिरहेकाे बताए ।
सरसफाइ कार्यक्रम व्यवस्थापनका लागि युवाहरू अाफैले स्वस्फूर्त रूपमा रकम संकलन गर्ने गरेकाे काफ्लेले बताए ।

धार्मिक अास्था र पर्यटकिय स्थलकाे रूपमा रहेको मन्दीरमा भक्तजनको भीड हुने र फोहोर गरेर गएकाे देखेपछि अाफुहरू सरसफाइमा जुटेकाे सचेत युवा नेपालकी सचिव अप्सरा कार्कीले साझासबाललाई बताइन् ।
साना-साना कार्यले पनि सभ्य समाज निर्माणमा टेवा पुग्ने भएकाले यस्ता कार्यलाई निरन्तरता दिन सामाजिक कार्यमा सहभागी भएकाे कार्कीकाे धारणा छ ।


अाफुसँग भएको समयकाे समयलाई व्यवस्थापन गरेर सरसफाइ अभियानमा जुटेको संस्थाकि सदस्य सम्झना लामिछानेले बताइन् । यस्ता अभियानमा अाफ्ना टाेल छिमेकबाट लाग्नुपर्ने उनकाे भनाई छ ।

युवाहरूको उत्साहलाई देखेर मिनीट्रक चालकले उनीहरूलाई काठमाडौंकाे सिफल चाैर देखि ललितपुरकाे मन्दीर परिसरमा पुर्याउन सहयोग गरेका थिए ।


विभिन्न जिल्लाबाट राजधानीमा अाएर बसाेबास गरेका युवा-युवतीहरू सचेत युवा नेपाल नामक संस्था दर्ता गरेर सामाजिक,अार्थिक विकास,स्वच्छ समाज, भ्रष्टाचारमुक्त नेपाल निर्माणकाे अभियानमा लागि परेका छन् ।

उनीहरूले 'सभ्य समाज निर्माणका लागि सचेत युवा नेपाल', 'म बदलिनेछु,मेराे देश बदलिनेछ' जस्ता नारा लेखिएको टिसर्ट लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना