प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ल"/>

2026-10-23 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिफलबाट ट्रकमा चढेर ‘सचेत युवा’ पुगे ललितपुर बंगलामुखी मन्दिर सरसफाइमा


प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ ।
‘सचेत युवा नेपाल’ लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ललितपुरतिर लागे ।

शंखमुलकाे पुल नजिकै ट्रकबाट अाेर्लिएर हिडेपछि उनीहरू ललितपुरकाे बंगलामुखी मन्दीरपरिसर वरिपरि हातमा पञ्जा लगाउदै कुचाे,सावेल,ब्रसले सफा गर्दा स्थानीय समेत अचम्मित मानेर हेरिरहे ।

सामाजिक सञ्जाल फेशबुक अभियानबाट संगठित युवा युवती स्वतस्फूर्त अावद्ध भएर उनीहरू सरसफाइमा जुटेका हुन् ।

३०/३५ जनाकाे समुहमा अाएका उनीहरूले मन्दीर परिसरमा भएकाे फाेहाेर व्यवस्थापन गरेका छन् ।

बंगलामुखि मन्दिर व्यवस्थापन समितिले पछिल्लो समय मन्दिर पुनः निर्माण पेन्टीङका कार्य समेत अगाडि बढाएकाे छ । साे मन्दिरमा पर्वबाहेक अन्य समयमा समेत भक्तजनको भिड लाग्ने गरेकाे छ ।

भिडियो हेर्नुहोस 


मन्दीर सरसफाइ पश्चात् हलमा भेला भएर उनिहरूले एकापसमा छलफल समेत गरेका छन् ।
सुरूमा राजधानीमा घरवेटीले चर्काे भाडादर लिने तर राज्यलाई घरबाहाल कर नतिर्ने, व्यवसायी कालाे बजारी गर्ने जस्ता समस्या देखेपछि त्यसकाे विरूद्ध सामाजिक संजालमा अभियानकाे रूपमा संचालन गरेर संगठित भएकाे सचेत युवा नेपालका अध्यक्ष रेवति काफ्लेले साझासबाललाई जानकारी दिए । संस्था सामाजिक क्षेत्रमा काम गर्न लागिपरेको बताउदै काफ्लेले भने-” अहिले स्वस्फूर्त रूपमा केही जुटिरहेका छाै । पशुपति मन्दिर सरसफाई , ट्राफिकसँग मिलेर ट्राफिक व्यवस्थापन लगाएतका अन्य सचेतनामुलक अभियान संचालन गरेका छाै ।”

उनले जेठ १३ गतेबाट १७ सदस्यीय कार्यसमिति बनाएर संस्था अगाडि बढिरहेकाे बताए ।
सरसफाइ कार्यक्रम व्यवस्थापनका लागि युवाहरू अाफैले स्वस्फूर्त रूपमा रकम संकलन गर्ने गरेकाे काफ्लेले बताए ।

धार्मिक अास्था र पर्यटकिय स्थलकाे रूपमा रहेको मन्दीरमा भक्तजनको भीड हुने र फोहोर गरेर गएकाे देखेपछि अाफुहरू सरसफाइमा जुटेकाे सचेत युवा नेपालकी सचिव अप्सरा कार्कीले साझासबाललाई बताइन् ।
साना-साना कार्यले पनि सभ्य समाज निर्माणमा टेवा पुग्ने भएकाले यस्ता कार्यलाई निरन्तरता दिन सामाजिक कार्यमा सहभागी भएकाे कार्कीकाे धारणा छ ।

अाफुसँग भएको समयकाे समयलाई व्यवस्थापन गरेर सरसफाइ अभियानमा जुटेको संस्थाकि सदस्य सम्झना लामिछानेले बताइन् । यस्ता अभियानमा अाफ्ना टाेल छिमेकबाट लाग्नुपर्ने उनकाे भनाई छ ।

युवाहरूको उत्साहलाई देखेर मिनीट्रक चालकले उनीहरूलाई काठमाडौंकाे सिफल चाैर देखि ललितपुरकाे मन्दीर परिसरमा पुर्याउन सहयोग गरेका थिए ।

विभिन्न जिल्लाबाट राजधानीमा अाएर बसाेबास गरेका युवा-युवतीहरू सचेत युवा नेपाल नामक संस्था दर्ता गरेर सामाजिक,अार्थिक विकास,स्वच्छ समाज, भ्रष्टाचारमुक्त नेपाल निर्माणकाे अभियानमा लागि परेका छन् ।

उनीहरूले ‘सभ्य समाज निर्माणका लागि सचेत युवा नेपाल’, ‘म बदलिनेछु,मेराे देश बदलिनेछ’ जस्ता नारा लेखिएको टिसर्ट लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने