2026-09-20 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई २ लाख जरिबाना तिरायो

काठमाडौँ | वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको कोसेली छाला जुत्ता उद्योगलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । बुधबार विभागले नियमित अनुगमन अन्तर्गत ६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा काठमाडौँ महानगरपालिका–१६ मा रहेको उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिबाना तिराइएको हो ।

उक्त उद्योगले आफ्ना उत्पादनमा एमआरपी सहितको लेबल नलगाएको पाइएपछि जरिबाना सहित बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ । विभागबाट अनुगमनमा गएको टोलीले नागार्जुन नगरपालिका–३ स्थित नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ । यस्तै अन्य दुई फार्मेसीको बिक्री वितरणमा रोक लगाएको छ ।

काठमाडौँ–३१ स्थित सिउटिक्स फर्मा र क्युटिज फार्मेसी प्रालिले बिक्रीका लागि राखेका कस्मेटिकजन्य वस्तुहरूको नमुना संकलन र ती वस्तुको बिक्री रोक्का गरिएको छ । साथै, दुवै फार्मेसी पसललाई विभागले व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।त्यसैगरी विभागले काठमाडौँ–१७ स्थित पशुपति ट्रेडिङ कन्सर्न र काठमाडौँ–२२ स्थित जनता केबुल इन्डस्ट्रिज प्रालिको रोक्का रहेको कारोबार फुकुवा गरेको छ ।

विभागले अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो