2026-07-04 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे

काठमाडौँ | एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका अध्यक्ष शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरेका छन्। उनले आन्दोलनको सार्थक परिणाम निकाल्न चाहने हो भने विगतका सहमति कार्यान्वयनतर्फ लाग्नुपर्ने बताएका छन्।‘पूर्व शिक्षकनेताज्यूहरू, तपाईंहरू नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलनलाई परिणाममुखी बनाउन चाहनुहुन्छ भने शिक्षक कर्मचारीको पक्षमा हुनुहुन्छ भने विगतमा तपाईंहरूले नै सरकारसँग गरेको सम्झौता कार्यान्वयनमा सहयोग गर्नुहोस्,’ काठमाडौँमा जारी १७ औं दिनको आन्दोलन प्रारम्भपूर्व अध्यक्ष अधिकारीले भने, ‘कुण्ठाग्रस्त भएर आन्दोलनको विरुद्ध भ्रम नछरौं।’

उनले शिक्षक महासंघ सार्थक वार्ताका लागि सधैँ तयार रहेको स्पष्ट पारे। अध्यक्ष अधिकारीका अनुसार हाल जारी आन्दोलन कुनै आकस्मिक वा सरकार वा कुनै नेताविरुद्धको राजनीतिक आन्दोलन नभई, शिक्षकहरूको शैक्षिक, पेसागत हकहितका विषयमा केन्द्रित आन्दोलन हो।‘विगतका सरकारहरूले शिक्षकहरूसँग गरेको सहमति प्रतिबिम्बित विद्यालय शिक्षा ऐन जारी गराउन गरिरहेको आन्दोलन हो,’ अध्यक्ष अधिकारीले भने, ‘यो विशुद्ध शैक्षिक, पेसागत र नीतिगत विषयमा आधारित आन्दोलन हो।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो