2026-09-18 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ७ बजे छलफलमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दिनभर सडक प्रदर्शनमा रहेका शिक्षक महासंघका पदाधिकारी र आन्दोलन परिचालन समितिका पदाधिकारी बैठकमा जुटेका छन् । आन्दोलनको समीक्षा र थप रणनीति तय गर्न बैठक बसेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले बताइन् । बैठकले प्रधानमन्त्रीले बोलाएको बैठकका के-कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि निर्णय लिने शिक्षक महासंघका पदाधिकारीहरुले बताए ।

शिक्षा ऐन जारी गर्न माग राख्दै चैत २० देखि आन्दोलनरत शिक्षक महासंघले यसअघि शिक्षा मन्त्रालयले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको थियो । शिक्षामन्त्री विद्या भट्टराईसँग छलफल गरेर उनीहरुले २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशक कृष्णप्रसाद काप्रीसँग पनि गत साता संवाद भए पनि त्यसको सरकारी पक्ष र आन्दोलनरत शिक्षकबीच औपचारिक संवाद पनि हुन सकेको छैन । शिक्षकले यसपटक वार्ता, संवादभन्दा पनि पूर्वसहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्ने माग अघि सार्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई