2026-09-18 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा

काठमाडौँ | शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ। तर, देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु विगत १९ दिनदेखि राजधानी काठमाडौँ केन्द्रीत आन्दोलनमा छन्। जसका कारण तोकिएको समयमा परीक्षा हुने नहुने निश्चित छैन। यसबाट विद्यार्थी र अभिभावकहरु चिन्तित भएका छन्।

राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा तीन सातादेखि दिनहुँ माइतीघरमा प्रदर्शन गरिरहेका शिक्षकले पनि परीक्षामा सहभागी नहुने तयारी गरेका छन्। निर्णायक आन्दोलनमा रहेको दाबी गर्ने महासंघले पनि शिक्षा ऐन जारी हुने विश्वसनीय आधार नभइ आन्दोनल नरोक्ने जनाएको छ। तर, राष्ट्रिय परीक्षा बोर्डले भने गएको शुक्रबार विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको थियो। त्यसयता बोर्ड पनि बोलेको छैन। बोर्डका अध्यक्ष महाश्रम शर्मालाई पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन।

यसबीचमा प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधि र महासंघका पदाधिकारीबीच पटकपटक वार्ता भए पनि विना निष्कर्ष सकिएका छन्। यसले पनि परीक्षाप्रतिको अन्योल बढाएको छ। कतिपयले अब शिक्षकले आन्दोलन रोके पनि तोकिएको सयममा कक्षा १२ को परीक्षा सञ्चालनको लागि तयारी नपुग्ने बताउन थालेका छन्। शिक्षा मन्त्रालयले पनि यस विषयमा ठोस जबाफ दिएको छैन। शिक्षा मन्त्रीका स्वकीय सचिव अशेष पोखरेलले कक्षा १२ को परीक्षाको विषयमा आज साँझसम्म ठोस निष्कर्ष आउँने बताए। ‘परीक्षा रोकिँदैन। दुईतीन दिन सर्न सक्छ,’ उनले भने, ‘कक्षा १२ को परीक्षाको विषयमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा सल्लाह हुँदैछ। आज साँझसम्म केही निष्कर्ष आउला।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई