Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै

By साझासवाल 2 मिनेट पढाइ

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदै छन्। उनको यो भ्रमण परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाल बाहिर रहँदा हुन लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायतका उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्नेछन्।

हाल नेपालको प्रमुख वैदेशिक रोजगारी गन्तव्य मुलुकमध्ये यूएई  पनि एक हो। यस भ्रमणले दुई देशबिचको आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ।