२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए

९ बैशाख २०८२, मंगलवार १४:०४

काठमाडौँ | नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिएका छन् । २१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरू शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरूको सङ्ख्या बढी देखिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

आन्दोलनको २१ औँ दिन मंगलबार काठमाडौंको विजुलीबजारमा कुरा गर्दै अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए । उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने उनले बताए ।

उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे । उनले भने,‘माननीय शिक्षामन्त्रीज्यूको राजीनामा र हाम्रो आन्दोलनको कुनै साइनो छैन । सार्वजनिकरुपमा उहाँले आफ्नो स्वास्थ्यको कारण भन्नुभएको छ आन्तरिक कारण के हो जान्ने कुरा पनि भएन । हामीलाई चासो पनि भएन । म प्रस्ट पार्न चाहन्छु उहाँको राजीनामासँग हाम्रो आन्दोलनको कुनै साइनो छैन ।’

विद्यालय भर्ना अभियानका साथै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारी आन्दोलनमा होमिदा शिक्षामा क्षतिको अवस्था नआउने भन्दै परीक्षा तयारीमा लागेका विद्यार्थीको परीक्षा रोकिदा आफू पनि संवेदनशील रहेको बताए । ‘कक्षा १२ को परीक्षामा हप्ता–१० दिन विलम्ब हुँदैमा त्यस्तो ठुलो क्षति हुँदैन । परीक्षा तयारी गरेका विद्यार्थीलाई परीक्षा रोकिदा मनमा चोट पर्छ । त्यो प्रति हामी संवेदनशील छौँ,’ उनले भने ।

उनले राज्यले यो अवस्थामा ल्याउन बाध्य पारेका भन्दै शैक्षिक क्षतिलाई पुरा गर्न बिदाको समयमा पढाउने पनि बताए । ‘वास्तवमा कोही बढी दुखित छ भने शिक्षक–कर्मचारी नै छ । तर राज्यले हामीलाई यो अवस्थामा ल्याउन बाध्य पार्‍यो । आन्दोलन ज्यादा लम्बिँदैन । राज्यले घुँडा टेक्न अनिवार्य छ । त्यो स्थिति सिर्जना भएपछि हामी फर्किन्छौ,’ उनले भने ।

अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनका विरुद्धमा अभिव्यक्ति आउनु दुःखद भएको बताए । ‘विरुद्धमा अभिव्यक्ति आउनु भनेको आन्दोलनले पीडा दिएको हो भन्ने बुझिन्छ । अहिले बालुवाटारको ओछ्यान र कुर्सीमा काँडा उम्रिसक्यो । घोच्न थालेको छ । सिंहदरबारको कुर्सीमा पनि काँडा उम्रिसेकेको छ । त्यसले घोच्न थालेपछि पीडा हुन्छ र सहमति गर्न बाध्य बनाउँछ,’ उनको भनाइ थियो । २१ दिनदेखि शिक्षकहरूले जारी राखेको आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएकी छिन् भने शिक्षक महासङ्घ र सरकारबिच पटक पटक छलफल भए पनि आन्दोलन रोकिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट