2026-10-22 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा हुने दुईदिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्थाः लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ‘समृद्ध कोशी प्रदेश, सम्पत्र नेपाल’ भन्ने सङ्कल्प पूरा गर्न यही वैशाख १८ र १९ गते हुन गइरहेको लगानी सम्मेलन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

देशलाई समृद्ध बनाउन, राजस्व वृद्धि गर्न र रोजगार सिर्जना गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सातवटा कानुन संशोधनसहित लगानीमैत्री वातावरण सिर्जना गर्ने पक्षमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको सुझावका आधारमा कानुन संशोधन गर्न लागेको स्पष्ट गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिई आर्थिक गतिविधिलाई थप चलायमान बनाउने पक्षमा कोशी प्रदेश सरकार रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा साना र मझौला उद्योग स्थापना गर्न चाहने उद्योगी–व्यवसायीलाई रु ५० लाखदेखि रु तीन करोडसम्मको ऋणका लागि धरौटी रकमसमेत सुनिश्चित गरिदिने प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट लाभान्वित हुन सबैसँग आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यक कानुनको व्यवस्थासहित निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न अनुरोध गर्दै लगानी विस्तार तथा प्रवद्र्धनमा केन्द्र एवं प्रदेश सरकार र स्थानीय तहबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशको समृद्धि र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन आसन्न लगानी सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले विकास निर्माणका नाममा हाम्रा परम्परागत मौलिक सभ्याता र संस्कृतिमा आँच आउन दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग–व्यवसायी हेमराज ढकाल, शैलेन्द्र गुरागाईं, राकेश सुराना, पदमलाल भण्डारी, आदित्य पराजुलीलगायतका वक्ताले लगानी सम्मेलनको महत्व र अपेक्षित उपलब्धिका विषयमा धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहयोग र सहकार्यमा आसन्न लगानी सम्मेलन सफल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ