Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

२०८२, १२ बैशाख शुक्रबार १७:३१

काठमाडौँ | मुम्बईको वेश्यालयमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ६७ वर्षीय चमार तामाङ रहेका छन्।

काठमाडौँको चाबाहिलस्थित गलैँचा बुन्ने कारखानामा काम गरिरहेकी युवतीलाई फकाएर २०४४ पुस १९ गते मुम्बईमा लगेर ८० हजार रुपैयाँमा बेचेका थिए। ७ वर्षसम्म वेश्यावृत्ति लगाएको र त्यस क्रममा युवतीलाई टिबी रोग लागेपछि २०५१ माघमा नेपाल फिर्ता गरिएको थियो। पीडितले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा २०५२ फागुन १ गते जाहेरी दिएकी थिइन्।

प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा दर्ता भई थप अनुसन्धानका लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा सक्कल मिसिल प्राप्त भएको थियो। फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा ब्युरोबाट खटिएको प्रहरी टोलीले तामाङलाई उनकै घरबाट पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ