३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण

१४ बैशाख २०८२, आईतवार १७:०४

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विद्यालय शिक्षा विधेयकसम्बन्धीको काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर आन्दोलनरत शिक्षकहरुलाई कक्षाकोठामा फकाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

विगत २६ दिनदेखि आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नुपर्नेमा उहाँहरूले सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

सांसद गङ्गाकुमारी बेल्बासेले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गरी विद्यालय शिक्षासम्बन्धी विधेयक शीघ्र सभामा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

सांसद गोपीबहादुर अछामीले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै लघुवित्त पीडित, सहकारीपीडितको आजय माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मायाप्रसाद शर्माले गत चैत २० गतेदेखि क्षिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग गर्दै सडक आन्दोलन गरिरहेकाले उनीहरुलाई विद्यालय फर्काउने वातावरण बनाऔँ भन्नुभयो ।
सांसद सुमित्रा बिसीले तीन प्रदेशलाई नै जोड्ने भुरीगाउँ– तेलपानी सडक निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली