अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. गोबिन्द केसीले जितून लडाइँ

२६ श्रावण २०७४, बिहीबार ०६:३७

अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ दिल्लीले सामना गर्नुपर्नेछ । 

त्यस्तै, नेपालमा पनि केही समयपछि डा. केसीजस्ता लोकतन्त्रवादी सपुतहरुको जित निश्चित छ कि त राज्यसत्ताको स्वाद चाखेर बानी परेकाहरु तथा सरकारजस्तो लोकतन्त्रको भ्रष्ट व्यापारीहरुको जित सुनिश्चित छ । अहिले नेपालमा लोकतन्त्रवादी र भ्रष्टचारीहरुबीच जीवनमरणको लडाइँ चलिरहेको छ । सरकार नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र चूडामणि शर्माजस्ता राज्यकोश दोहनका शिर्ष पात्रहरुलाई आँखा छोपेर छातीमा संरक्षण दिन्छ भने जनताको पक्षमा मरणोपरान्त लडिरहने  डा. गोविन्द केसीजस्ता सपुतहरुलाई देख्दैन र सुन्दैन अझ यस्ता सच्चा नागरिकहरुलाई चिन्न चाहदैन ।  

केसीका जनताका प्रतिनिधिमुलक कारुणीक स्वरहरु दवाउन, हावामा उडाउन र कोठाभित्र अक्सिजनसँग बिलाउन उद्यत छ । जसले इतिहासमा खराब सरकारको सूचिको अग्रपंतिमा आफूलाई सुचिकृत गर्न सफल भएको सारा जनतासामु इतिहासले छर्लङ तस्विर कोरीदासमेत  पचाएर सत्तामा अन्धो र बैरो भएर बसीरहनु नैतिकताले अति भ्रष्ट सरकार प्रमाणीत गर्न असभ्य अभ्यास गर्न बलियो धरातल निर्माण गरेको छ । 

देउवा नेतृत्वको सरकार त्यही गरिरहेछ जुन विश्वमा सामन्ती राज्यसत्ताबाट पेलिएका, हेपिएका, चेपिएका र पलपल मृत्युको सामना गरिरहेका जनताको कथाबेथा खिइसकेको चट्टानी मृत्युशैथ्यबाट एक्काइसौँ शताब्दीमा ब्युँझाउँदै छ । यदी केसीको सवालमा लोकतन्त्रविरोधी र भ्रष्टहरुको जित भयो र केसीजस्ता नेपाली सपुतहरुको पराजय भयो भने नेपालमा के हुन्छ त्यो कल्पनाभन्दा धेरै ठूलो अशुभ परिस्थितीको सामना गर्न हामी सबै नचाहेर तयार हुनुपर्नेछ । 

अब, भन्नुहोस् नेपाली जनताहरुले लोकतन्त्रको अनुभूति भ्रष्ट र राज्य सत्ताका बेइमान भँमराहरुलाईमात्र गराउने कि सच्चा लोकतन्त्रवादीहरुलाई जिताएर सारा नेपालीहरुले पनि गर्ने ? अहिलेको समकालिन अवस्थामा जनताको हृदयको सर्वोच्च अदालतले गर्नुपर्ने फैसला यही हो । अन्यथा एमाले नेता देवी ज्ञावलीले सर्वोच्च अदालतको फैसला कुर्दाको परिणाम भनेर कथित आरोपसहित भरतपुर–१९ को दोस्रो पराजय स्वीकारे जस्तै हुनेछ लोकतन्त्रवादी र भ्रष्टचारीबीचको लडाइँको परिणाम ।

तसर्थ हामीले बेलैमा भ्रष्ट र सामन्ती राज्यसत्ताको बिरुद्धमा जागेनौँ र समयकालमा जनताका आधारभूत लडाइँहरुमा उर्लेर भ्रष्टचार, दमन, शोषण र उत्पीडनको भन्डाफोर गरेनौँ भने कुनै एक युगमा उदाउने परिवर्तनकारी शक्तिको पर्खाइमा भ्रष्ट राज्यसत्ताबाट घर पालुवा जनावरजस्तै शोषित र अनागरिक भएर युगौँ बस्नुपर्नेछ ।

- अनिल नेपाली, गोकुलगंगा गाउँपालिका- ५, रामेछाप ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान