2026-07-03 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी विवरण आगामी जेठ पहिलो सातासम्ममा उपलब्ध गराउन आग्रह गरेको छ ।

सम्बन्धित विद्यार्थी र अभिभावकबाट आवेदन लिन, छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सूचना पाटीमा टाँस गर्नेलगायत विवरण आगामी जेठ पहिलो हप्ताभित्र कामपाको शिक्षा विभागमा उपलब्ध गराउन अनुरोध गरिएको कामपा शिक्षा विभागका शिक्षा अधिकृत नेत्रनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसका लागि सबै संस्थागत विद्यालयलाई परिपत्र गर्दै जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिदका परिवारलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउन भनिएको हो ।

छात्रवृत्तिसम्बन्धी व्यवस्थाबमोजिम विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेसहित कानुनबमोजिम आवश्यक कानुनी कारबाही गरिने विभागले जनाएको छ ।

छात्रवृत्ति प्रदान कार्यलाई पारदर्शी र प्रणालीमा आधारित बनाउन अघिल्ला शैक्षिक सत्रहरूमा जस्तै यस वर्ष पनि ‘स्कलरसिप इन्ट्री सिस्टम’ विकास गरिएको पौडेलले बताउनुभयो । “विद्यालयहरूले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउनेसम्बन्धी जानकारी गराइसकेको छौँ”, उहाँले भन्नुभयो ।

शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने करिब १३ हजार विद्यार्थीले र शैक्षिक सत्र २०८१ मा करिब १९ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका कामपाले जनाएको छ ।

के छ कानुनी व्यवस्था

पाँच सयभन्दा कम विद्यार्थी भएका विद्यालयले १० प्रतिशत, पाँच सयदेखि आठ सयसम्म विद्यार्थी भएका विद्यालयले १२ प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने विद्यमान कानुनी प्रावधान रहेको विभागका शिक्षा अधिकृत पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षा ऐन, २०२८ को दफा १६ अ (१) मा ‘संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति समुदायका विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने पनि कानुनी व्यवस्था छ ।

यसैबमोजिम कामपाले जारी गरेको शिक्षा ऐन, २०७५ को दफा ५१ (१) मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत मा नघट्ने गरी तोकिएबमोजिम छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक