2026-09-20 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रत्ननगरमा पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु

काठमाडौँ | चितवनको रत्ननगरमा ४५ दिने पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु भएको छ । सीप विकासमार्फत युवालाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

उद्योग तथा वाणिज्य कार्यालय चितवनको आयोजनाम तथा रत्ननगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा मङ्गलबारदेखि तालिम सुरु गरिएकोे कार्यालयका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा पाँच महिला र २१ पुरुष सहभागी छन् । दुई जना प्रशिक्षकले ४५ दिनसम्म प्रयोगात्मक र सैद्धान्तिक रूपमा प्रशिक्षण दिनेछन् ।

सहभागीलाई तालिम पूरा अवधिभर बसेर सीप सिक्न आग्रह गर्दै उहाँले भन्नुभयो, “तालिम लिने भनेपछि पूरा समय बस्नुपर्छ, बीचमा छोडेर जानेलाई प्रमाणपत्र दिने छैनौँ ।”

तालिमको मुख्य उद्देश्य स्वरोजगार बनाउने र उद्योगी उत्पादन गर्ने रहेको भन्दै भन्दै प्रमुख पौडेलले एक जनाले एउटै प्रकारको तालिम लिएमा मात्र दक्ष बनिने बताउनुभयो । उहाँले उद्यमशीलतामार्फत जीविकोपार्जन सहज बनाउन स्वीकृत वार्षिक बजेटबाट दिन लागिएको सीप विकास तालिम फलदायक हुने विश्वास व्यक्त गर्नुभयो ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले तालिम लिएर घरमा मात्र सीमित हुन नहुने धारणा राख्दै सीप सिकिसकेपछि उद्योगी तथा व्यवसायी बन्नुपर्ने बताउनुभयो । रत्ननगरमा व्यवसाय गर्न पालिकाले सहयोग गर्दै आएको जनाउँदै तालिमपछि दक्ष जनशक्तिले यही व्यवसाय गर्न चाहेको अवस्थामा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाले उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो र बिनाब्याज रु तीन लाखसम्म कर्जा उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले तालिमले व्यवसायीको सीप विकास गर्न सहयोग पुग्ने बताउनुभयो । स्वदेशमा स्वरोजगारको वातावरण सृजना गरी युवालाई आत्मनिर्भर बनाउन यस प्रकारका तालिम उपयोगी हुने उहाँको भनाइ छ ।

दक्ष जनशक्ति उत्पादन गर्न, सानो लगानीबाट व्यवसायी बन्न यस सिकाइले ऊर्जावान बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घले व्यवसायीको हित र विकाससँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । हालको अवस्थामा पुरुष सैलुनप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उहाँले युवालाई विदेश पलायन हुनबाट रोक्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भनाइ राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो