२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रासस फोटो किताबः गणतन्त्रका पक्षमा महत्वपूर्ण दस्तावेज’

१७ बैशाख २०८२, बुधबार १७:२९

काठमाडौँ | सभामुख देवराज घिमिरेले गणतन्त्र स्थापना भएपछि केही पनि भएन भन्नेहरूका लागि ‘रासस फोटो किताब’ गतिलो जवाफ भएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै सभामुख घिमिरेले गणतन्त्र स्थापनापछि उल्लेखनीय कामहरु भए पनि प्रचारप्रसारतर्फ ध्यान दिननसक्दा अहिले गणतन्त्र विरोधी पक्ष सल्बलाइरहेको अवस्थामा प्रकाशित पुस्तक अत्यन्त सान्दर्भिक एवं उपयोगी भएको बताउनुभयो ।

गणतन्त्र दिवसका उपलक्ष्यमा यसअघि राससमा आयोजित तस्बिर प्रदर्शनीमा आफू सहभागी भएको स्मरण गर्दै सभामुख घिमिरेले भन्नुभयो, “विद्यमान अवस्थामा गणतन्त्रका पक्षमा प्रकाशित रासस तस्बिर पुस्तक अत्यन्त उपयोगी छ, यसको स्वदेश तथा विदेशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरिनुपर्दछ । सदैव सत्यतथ्य एवं आधिकारिक समाचार सामग्री सम्प्रेषणमा जुटिरहेको रासस यस किसिमको रचनात्मक काम गर्न सफल भएकामा धन्यवादसहित सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको ‘कला–संस्कृति’ र ‘विकास तथा पूर्वाधार’ शीर्षकमा दुई वर्ष प्रदर्शित तस्बिरहरू समेटेर फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराउनुभयो ।

गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्बिरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको विद्यमान अवस्थामा प्रकाशित पुस्तकले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा समेत तस्बिरको चिनारी ‘क्याप्सन’ लेखिएको बताउँदै उहाँले भन्नुभयो, “स्रोतसाधनको अभावमा थोरै प्रति पुस्तक प्रकाशित गरिएको छ, स्वदेश तथा विदेशमा समेत यसको व्यापक प्रचारप्रसार हुनसके देशलाई फाइदै हुुन्छ । जताततैबाट पुस्तकको माग भइरहेको छ, तर हामीसँग सीमित प्रति छ । यस्तो अवस्थामा थप तस्बिर पुस्तक छाप्नुपर्ने देखिएकाले सहयोगका लागि अनुरोध गर्दछु ।’

उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् ।

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक एवं समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख तथा लेखरचना प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो र प्रमुख लेखा अधिकृत रुद्रमणि अधिकारीको उपस्थिति थियो ।

यसअघि रासस तस्बिर पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति डा रामवरण यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता