२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक

१८ बैशाख २०८२, बिहीबार १२:२४

काठमाडौँ | बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ ।

वैदिक अनुसन्धान गुठी र भाना फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा बालबालिकालाई आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्यमान्यताका बारेमा जानकारी दिई नैतिक चेतना दिने संस्कार शिक्षाको मूल उद्देश्य रहेको पुस्तकका लेखक डा स्वामी केशवानन्द गिरीले बताउनुभयो ।

पुस्तकको पाठ एकमा कुमारीवन्दना, जानकीवन्दना, पृथ्वीवन्दना, बुद्धवन्दना, गोवन्दना, गण्डकीवन्दना, किरातेश्वरवन्दना, भैरववन्दना, प्रकृतिवन्दना, वैदिकस्तुति, हिमालयवन्दनालगायत विषयवस्तु राखी बालबालिकालाई आदरसम्मान भावको विकास गर्ने उद्देश्य राखिएको छ । यसैगरी पाठ दुईमा स्वच्छता, शास्त्रको मर्यादा, मित्रता, बुद्धको जीवनी, गाई, कालीगण्डकी, देवालयको प्रातःकालीन भ्रमण, नित्य विद्याभ्यास, बगैँचाको हेरचाह, शयननियम, षट्कर्मलगायत विषयसम्बनधी जानकारीमूलक सामग्री समावेश गरिएको छ ।

पुस्तकको पाठ तीनमा बालिकासम्मान, बोट वनस्पति, क्षमाशीलता, गाली आफैँतिर, गाईको सेवा, नदी स्नान, मुन्धुमका आचारपक्ष, सरसफाइ, सम्पदाको संरक्षण, आफ्नो धर्मको पालना, कर्मनिष्ठालगायत विषय राखिएका छन् । पाठ चारमा गुन्युचोली, तुलसीविवाह, संसार साझा घर, पञ्चशील, कामधेनु, नदीमा तोरण तार्ने, किराँत संस्कृतिमा शिवपार्वती, कुकुरपूजा, रक्षाबन्धन, असारको पन्ध्र, मकरसङ्क्रान्तिजस्ता उपयोगी एवं जानकारीमूलक सामग्री समावेश गरिएको छ ।

पाठ पाँचमा पौराणिक विषयसँग सम्बन्धित ११ वटा कथा राखिएका लेखकले जानकारी दिनुभयो । कुमारीको उत्पत्ति, जानकीको उत्पत्ति, पृथ्वीको जन्म, धैर्यधन, अनुमति, यक्षसंवाद, पाशुपतास्त्र, भैरवको शक्ति, बालागुरु षडानन्द, जुठो पानी, मिल्दा साथीजस्ता विषय राखिएको छ । आवरणसहित एक सय २४ पृष्ठको पुस्तकले बालबालिकालाई अनुशासनमा हिँड्नसमेत प्रेरणा दिने विश्वास गरिएको स्वामी केशावनन्दले बताउनुभयो ।

पुस्तक विमोचन कार्यक्रममा स्वामी केशवानन्दले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाले संस्कार शिक्षा भाग एकलाई पाठ्यक्रममा समावेश गरेको जानकारी दिनुभयो । संस्कार शिक्षाको तेस्रो भाग पनि अन्तिम चरणमा पुगेको सो अवसरमा उहाँले बताउनुभयो ।

कार्यक्रममा सत्सङ्ग परिवार जावलाखेलका अध्यक्ष दीपक रिमालले प्रत्येक घर र विद्यालयमा संस्कार शिक्षाका पुस्तक पु¥याएर पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

भाना फाउन्डेसनकी अध्यक्ष श्रीमती नानीबाबा रिसालले संस्कृतमा जति ज्ञान अन्यत्र नभएकाले संस्कार शिक्षा प्रकाशनका लागि फाउन्डेसनले सहयोग गरेको बताउनुभयो । फाउन्डेसनका कार्यकारी अतुल्य रिसालले पिता भाष्कर रिसाल र आमा नानीबाबाको नाममा खोलिएको संस्थाले आध्यात्मिक जागरणमा काम गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा संस्कार शिक्षा पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली