कमल रावल/साउन २७, अछाम । साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्नका लागि आफनो तर्फबाट लागि पर्ने त्यस क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/साउन २७, अछाम । साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्नका लागि आफनो तर्फबाट लागि पर्ने त्यस क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

"/>
2026-10-14 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्न आफनो तर्फबाट लागि परौ


कमल रावल/साउन २७, अछाम । साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्नका लागि आफनो तर्फबाट लागि पर्ने त्यस क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र भएकाले नयाँ शहरको रुपमा योजना नै अघि बढेले आगामि दिनमा सफा, सुन्दर, शान्त र लैगिंक विभेद रहीत नगर बनाउनका लागि लाग्ने सरोकारवालाले बताएका हुन । 

रेडियो रामारोशन अछामले साफेबगरलाई नयाँ शहर बनाउने योजना काहाँ पुग्यो भन्ने बिषयमा गरेको सुदुर सवाल कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले साच्चिकै सुन्दर शहर बनाउनका लागि के कस्ता पुर्वाधार आवश्यक पर्छन त्यसका विगत लामो समय देखि नै अभ्यास भईरहेको बताउनु भयो । 

शहरको बिकासका लागि प्रतिबद्धतामा भने जस्तो सोचे जस्तै शहर बनाउन लामो दिर्घकालिन योजनाका साथ हुने भएकाले कसैको ईच्छा चाहानाले नहुने बताएका थिए । 

अर्को प्रसगमा बोल्दै कुवरले समयमै काम सम्पन्न नभए, गुणस्तर नभए, सम्झौता नगरे बजेट फ्रिज भएमा सम्बन्धीत वडाबासि जिम्मेवार हुनुपर्ने बताए । साफेबगरमा ६ सय देखि ७ सय सम्म व्यावसायि भएपनी कर नै नतिरेको पाईएकोले समयमै अविलम्ब कर तिर्न आग्रह गरेका थिए । 

साफेको नालिको ब्यवस्थापनका लागि स्वयम घर मालिक जिम्मेवार नबनेको र छिपेखोलामा विना लालपुर्जा अतिक्रमण गरि घर बनि रहेकाले सबै क्षति भएमा नगरमा राहत लिने आउनेकी अतिक्रमण गर्नेलाई घर नै भत्काउने गरि जनताको सुझावमा अघि बढ्ने र आगामि दिनमा जनताको साथ मिलेमा विना लालपुर्जामा बनेका घर नै बिस्थापित गर्ने आफनो योजना रहेको जानकारी गराएका थिए । 

नयाँ शहर आयोजनाका ईञ्जीनियर गौरब कठायतले गएको आर्थिक बर्षमा आयोजना मार्फत साफेको एयरपोर्ट बजारमा ढुगा बिछ्याउने, नगरको ४ तले भवन अन्र्तगत यतिबेला सम्म २ तला सम्मको काम सकिएको, नगर भित्रका खानेपानी योजना निर्माण, जनकल्याण, बसपार्क, जिप पार्कमा प्रतिक्षालय, हाट बजार देखि फुलौटी डाडामा सडक निर्माण सुरु भईरहेको जानकारी गराएका थिए । आगामि दिनमा अझै राम्रो काम हुनका लागि सबैको साथ रहनु पर्नेमा जोड दिएका थिए । 

साफेबगर नगरपालिकाका ईञ्जीनियर पुर्ण कुवरले बिकास निर्माण पुरा भए सेवा सुविधा जनतालाई हुने भएकाले सबै क्षेत्रमा शहरी आयोजनाले समन्वय गरि अघि बढनु पर्ने बताउनु भयो । बुढिगगामा तटबन्ध बर्षेनि बग्ने भएकाले घर जोखिममा रहेकाले यसमा समयमा ध्यान दिनु पर्ने बताएका थिए । 

मनोमानि ढगले घर निर्माण गर्नाले जोखिममा रहेकाले आगामि दिनमा निर्माण गर्दा नगरपालिकाबाट पास गरेर मात्र निर्माण गर्न आग्रह गरेका थिए । साथै उहाँले साफेबगरको कृषि योग्य जमिनमा नया घर बन्न थालेकाले यसमा समेत नगरपालिकाले रोक लगाउन सक्नु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रमका सहभागिले खानेपानी, शिक्षा, स्वास्थ्य, पार्क, खेलमैदान, सबै ठाउमा पक्की सडक, विजुली, सफा र स्वच्छ नगरको परिकल्पना सहितको रहेको आशा ब्यक्त गरेका थिए । 

सुदुर सवालको पुरा भाग शनिवार राति सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे रेडियो रामारोशनबाट सुन्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ