२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनकोशी मरिन आयोजना समयमै निर्माण गर्न मन्त्री खड्काको निर्देशन

१९ बैशाख २०८२, शुक्रबार १४:५६

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय ‘डाइभर्सन’ आयोजना समयमै निर्माण गर्न निर्देशन दिनुभएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवम् चुनौती’बारे आज जानकारी लिँदै मन्त्री खड्काले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्न निर्माणमा संलग्न पक्षलाई निर्देशन दिनुभएको हो ।

“सुनकोशी मरिनबारे प्रधानमन्त्रीले बारम्बार चासो राख्दै आउनुभएको छ, यो आयोजना समयमै निर्माण गर्न समाधान खोज्न जरुरी छ”, उहाँले भन्नुभयो । एउटै निर्माण व्यवसायीले धेरै आयोजना लिने र समयमै काम सम्पन्न नगर्ने प्रवृतिले विकासमा ढिलाइ भएको उहाँको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नै रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासमेत चार वर्षमा बन्नुपर्नेमा ६ वर्षसम्म पनि ६० प्रतिशत मात्र प्रगति हुनु दुःखको कुरा भएको मन्त्री खड्काले बताउनुभयो ।

मन्त्रालयकी सचिव सरीता दवाडीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति न्यून भएको बताउनुभयो । “पटकपटक विभाग र मन्त्रालयको टोलीले आयोजनाको प्रगतिबारे चासो लिए पनि सोचेजस्तो प्रगति भएन,” उहाँले भन्नुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले निर्माणमा संलग्न व्यवसायीले प्रतिबद्धता पूरा गर्न नसक्दा आयोजना निर्माणमा ढिलाइ भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा