2026-10-17 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ

2026-08-06

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले युवाहरूलाई जीवनदेखि हरेस नखान आह्वान गरेका छन् । राष्ट्रियसभाको प्रश्नोत्तरमा बिहीबार सहभागी भएका मन्त्री गुरुङले सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्नको जवाफ दिने क्रममा युवाहरूलाई जीवनदेखि हरेस नखान आह्वान गारेका हुन् ।

‘समाजका युवापुस्तामा बढिरहेको आत्मदाह र आत्महत्या जस्ता घटना रोक्न सरकारले के के गर्दै छ ?’ भन्ने आशयमा सांसद विश्वकर्माले प्रश्न सोधेका थिए । जवाफमा उनले तीन तहकै सरकारको समन्वयका लागि काम भइरहेको बताए । “यसका लागि तीन तहका सरकार मिलेर काम गर्नुपर्ने हुन्छ । युवाहरूमा दबाब र निराशा पनि सृजना भएको छ । यसका लागि तीनवटैै सरकार मिलेर समन्वयमा काम गर्न एउटा योजना बनाइरहेका छौँ । समन्वय भइरहेको छ,” मन्त्री गुरुङले भने, “आत्महत्या रोकथामका लागि हेल्पलाइन पनि सञ्चालन गरेका छौँ ।”

त्यसपछि उनले युवाहरूलाई आफू पनि युवा भएको भन्दै जीवनदेखि हरेस नखान आग्रह गरे । संघर्ष नै हाम्रो संस्कार भएको भन्दै दुःखलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने बताए । “युवा भएको नाताले सम्मानित सदनबाट भन्न चाहन्छु – हामीले हरेस खानु हुँदैन रहेछ । जीवनमा संघर्ष गरिरहनुपर्ने रहेछ,” गुरुङले भने, “संघर्ष हाम्रो संस्कारमै आएको छ । दुःख नभएको मानिस हुँदैन । दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ ।”

उनले युवाहरूलाई खेल र अन्य क्षेत्रमा सहभागी गराएर व्यस्त बनाउने र सृजनात्मक रूपमा सक्रिय बनाउने सरकारको लक्ष्य रहेको बताए । उक्त लक्ष्य हासिल गर्न पनि तीन तहकै सरकारको समन्वय आवश्यक पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु