2026-09-07 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्”

2026-08-06

काठमाडौँ | कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठाइएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले विस्तृत जवाफ दिन अस्वीकार गरेका छन् । उनले घटनाको अनुसन्धान जारी रहेको उल्लेख गर्दै यस विषयलाई संसद्‌मा बारम्बार उठाउन नहुने धारणा राखे । बिहीबार राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको वर्तमान अवस्था र दोषी कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका थिए ।

जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले उक्त मुद्दा अत्यन्त संवेदनशील रहेको भन्दै धेरै कुरा सार्वजनिक रूपमा भन्न नमिल्ने बताए । “यो विषय एकदमै संवेदनशील छ । सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ । धेरै कुरा बोल्न सक्दिनँ, बोल्नु पनि हुँदैन,” उनले भने ।

उनले प्रश्नकर्तातर्फ संकेत गर्दै विगतको सरकारतर्फ पनि प्रश्न तेर्स्याए । “हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?” भन्दै उनले यस विषयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए । गृहमन्त्री गुरुङले संसद्‌मा यो विषय बारम्बार उठाउँदा पीडित परिवारको पीडा थप बल्झिने तर्क पनि गरे । “आमाको घाउलाई संसद्‌मार्फत बारम्बार कोट्याइरहने हो कि न्याय दिने हो?” उनले प्रश्न गरे ।

उनले सांसदहरूलाई निर्मला पन्त हत्या प्रकरणलाई सदनमा पटक–पटक नउठाउन आग्रह गर्दै आवश्यक जिज्ञासा भए व्यक्तिगत रूपमा सोध्न सकिने बताए । “यो प्रश्न सदनमा नउठाइदिनुहुन अनुरोध गर्दछु । केही कुरा भए व्यक्तिगत रूपमा सोध्नुहोला । यो विषय बारम्बार कोट्याउन हुँदैन,” गृहमन्त्रीले भने । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई पूरक प्रश्न सोध्ने अवसर दिएका थिए । अध्यक्षले पुनः जवाफ दिन समय दिएपछि गृहमन्त्री गुरुङले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “म यसको उत्तर दिन चाहन्नँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित