2026-10-17 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्”

2026-08-06

काठमाडौँ | कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठाइएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले विस्तृत जवाफ दिन अस्वीकार गरेका छन् । उनले घटनाको अनुसन्धान जारी रहेको उल्लेख गर्दै यस विषयलाई संसद्‌मा बारम्बार उठाउन नहुने धारणा राखे । बिहीबार राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको वर्तमान अवस्था र दोषी कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका थिए ।

जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले उक्त मुद्दा अत्यन्त संवेदनशील रहेको भन्दै धेरै कुरा सार्वजनिक रूपमा भन्न नमिल्ने बताए । “यो विषय एकदमै संवेदनशील छ । सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ । धेरै कुरा बोल्न सक्दिनँ, बोल्नु पनि हुँदैन,” उनले भने ।

उनले प्रश्नकर्तातर्फ संकेत गर्दै विगतको सरकारतर्फ पनि प्रश्न तेर्स्याए । “हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?” भन्दै उनले यस विषयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए । गृहमन्त्री गुरुङले संसद्‌मा यो विषय बारम्बार उठाउँदा पीडित परिवारको पीडा थप बल्झिने तर्क पनि गरे । “आमाको घाउलाई संसद्‌मार्फत बारम्बार कोट्याइरहने हो कि न्याय दिने हो?” उनले प्रश्न गरे ।

उनले सांसदहरूलाई निर्मला पन्त हत्या प्रकरणलाई सदनमा पटक–पटक नउठाउन आग्रह गर्दै आवश्यक जिज्ञासा भए व्यक्तिगत रूपमा सोध्न सकिने बताए । “यो प्रश्न सदनमा नउठाइदिनुहुन अनुरोध गर्दछु । केही कुरा भए व्यक्तिगत रूपमा सोध्नुहोला । यो विषय बारम्बार कोट्याउन हुँदैन,” गृहमन्त्रीले भने । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई पूरक प्रश्न सोध्ने अवसर दिएका थिए । अध्यक्षले पुनः जवाफ दिन समय दिएपछि गृहमन्त्री गुरुङले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “म यसको उत्तर दिन चाहन्नँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु