2026-10-17 04:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा

2026-08-06

काठमाडौँ | नव गठित जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन् । काठमाडौँमा बिहीबार नवगठित जय नेपाल पार्टीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाले राजा र हिन्दु धर्मको नाममा भोट मात्रे बटुल्ने काम गरेको आरोप लगाएका हुन् ।

उनले राप्रपाबाट पार नलागेपछि राजसंस्था र हिन्दुराज्यको लागि आफूहरू नयाँ राजनीतिक यात्रामा निस्किएको बताए । उनले राप्रपाले ३७ वर्ष राजाको नाममा जनमत संकलन गरे पनि जनताले अवसर दिँदा आफ्ना मूल एजेन्डालाई कार्यान्वयन गर्न नसकेको दाबी गरे । पार्टी नेतृत्वले व्यक्तिगत स्वार्थका कारण एजेन्डालाई तिलाञ्जली दिएको उनको आरोप छ ।

अध्यक्ष राणाले राप्रपाको गतिविधिप्रति असन्तुष्टि जनाएर नै विगतको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको बताए । राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डाप्रति जनताको वितृष्णा नभएपनि राप्रपाको गतिविधिप्रति जनताको असन्तुष्टि चुनावमा प्रकट भएको उनको दाबी छ ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो । जब जब जनताले ठाउँमा पुर्‍याए, आफ्नो एजेन्डालाई अगाडि सारेन । नेताहरूको व्यक्तिगत स्वार्थमा एजेन्डाको तिलाञ्जली दिए ।’ उनले अगाडि भने, ‘हामीले के बुझेका छौँ भने नेपाली जनताले हिन्दु अधिराज्य अथवा राजा सहितको प्रजातन्त्रलाई नकारेको होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रियाकलापलाई नकारेको कारणले भोट नआएको हो ।’

उनले निर्वाचन परिणामपछि राजा र हिन्दु राष्ट्रको एजेन्डा समाप्त भयो भन्ने भाष्य निर्माण हुन थालेकाले त्यसलाई जोगाउन जय नेपाल पार्टी स्थापना गरिएको बताए । नेपाली जनताले हिन्दु अधिराज्य वा राजासहितको प्रजातन्त्रको अवधारणालाई अस्वीकार नगरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु