2026-10-17 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न

2026-08-06

काठमाडौँ | नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन्।

उनले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन? भन्दै प्रश्न गरिन्। स्वास्थ्य बीमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। सांसद देवकोटाले नागरिकको जीवनसँग जोडिएका विषयमा लाचार नभई लोककल्याणकारी बनेर देखाउन समेत आग्रह गरिन्। उनले भनिन्, ‘स्वास्थ्य बीमाको नाम सुन्दा लाग्छ नागरिक सुरक्षित छन्। तर अस्पताल पुगेपछि थाहा हुन्छ कार्ड छ सेवा छैन। बीमा छ औषधि छैन।’

बीमा कार्यक्रमको अवस्थाबारे बोल्दै उनले थपिन्, ‘गगन थापाको पहलमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले स्वास्थ्य बीमाकै बीमा गर्नुपर्ने अवस्थामा पुर्‍याइयो। कतै यसको जन्मदाताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन?’

बिरामी र अस्पतालको समस्या दर्साउँदै उनले भनिन्, ‘बिरामी सोध्छन् बीमा गरेर के पाइयो? अस्पताल सोध्छ भुक्तानी कहिले आउँछ? तर सरकारका प्रतिवेदनमा भने सबै कुरा सुस्त देखिन्छ।’सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले थपिन्, ‘सरकारलाई आग्रह छ भाषण होइन उपचार देऊ, प्रचार होइन औषधि देऊ, प्रतिवेदन होइन परिणाम देऊ। लाचारी होइन लोककल्याणकारी बनेर देखाऊ सरकार।’ जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल कार्यान्वयनका लागि सरकारलाई निर्देश (रुलिङ) गर्न उनले सभाका अध्यक्षको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु