३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्या अभियोगमा पक्राउ

१९ बैशाख २०८२, शुक्रबार १५:००

काठमाडौँ | काठमाडौँको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौँ महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यही वैशाख १६ गते धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० का अन्दाजी ४२÷४३ को माइला भन्ने विक्रम तामाङका मृत्यु भएको घटनामा हत्याको अभियोगमा निजलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

घाइते अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा सोही दिन मृत्यु भएको थियो । अनुसन्धानका क्रममा निज श्रेष्ठले घटना घटाएको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल एक थान तथा घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको माक्स बरामद गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो । निजलाई ज्यानसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली