2026-09-18 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईको उत्तरपुस्तिका परीक्षण देशभरका ५० वटा केन्द्रमा प्रारम्भ

काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण देशभरका ५० वटा केन्द्रमा प्रारम्भ भएको छ। शुक्रबारदेखि विभिन्न ५० केन्द्रमा उत्तरपुस्तिका परीक्षण आरम्भ भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रण डा. गणेशप्रसाद भट्टराईले जानकारी दिए। उनले उत्तरपुस्तिका परीक्षणका लागि दैनिक ३० हजार शिक्षक परिचालन भइरहेको पनि बताए।

विद्यालयका शिक्षक र कर्मचारीको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण विगतमा भन्दा झन्डै एक महिना ढिला आरम्भ भएको छ। उत्तरपुस्तिका सम्बन्धित विषयका विज्ञ शिक्षकले परीक्षण गर्दै आएका छन्। उनीहरूलाई जिल्ला शिक्षा समन्वय एकाइले परिचालन गर्दै आएको छ। उत्तरपुस्तिका परीक्षण १५ दिनभित्र गरिसक्ने लक्ष्य कार्यालयको छ। परीक्षा नियन्त्रक भट्टराईले भने, ‘उत्तरपुस्तिका परीक्षणका लागि विज्ञ शिक्षक परिचालन भइरहेका छन्। यो प्राविधिक काम पनि हो। त्यसैले यति नै दिनमा भन्नेचाहिँ हुँदैन। हामीले १५ दिनभित्र सक्ने लक्ष्य राखेका छौँ।’

बोर्डले परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने भने पनि उत्तरपुस्तिका परीक्षण तोकिएको समयमा हुन नसकेकाले परीक्षाफल प्रकाशनमा केही ढिलाइ हुने भएको छ। चैत २० गतेदेखि सुरु भएको विद्यालय शिक्षकको राजधानी केन्द्रित सडक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण तोकिएको समयमा आरम्भ हुन सकेको थिएन। वैशाख १७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो। त्यसपछि आन्दोलनबाट फर्किएका शिक्षकहरू एसईईको उत्तरपुस्तिका परीक्षणमा सहभागी हुन थालेका हुन्।

नेपाल शिक्षक महासंघले पनि सरकारसँग भएको सहमतिपछि देशभरका शिक्षकहरूलाई विद्यार्थी भर्ना, अध्यापन, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षणजस्ता विद्यालय शिक्षासँग सम्बन्धित सबै काममा यथावत् संलग्न हुनु अनुरोध गरिसकेको छ। विगतमा वैशाख दोस्रो साताभित्र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य प्रायः सम्पन्न भइसक्थ्यो। भर्ना अभियानसहितका गतिविधिका कारण वैशाख दोस्रो सातापछि नै विद्यालयमा नियमित रूपमा पठनपाठन हुँदै आएको छ। यसपटक भने विद्यालयमा पठनपाठन सुरु भइसकेकाले उत्तरपुस्तिका परीक्षणका लागि समय व्यवस्थापनमा निकै कठिन भइरहेको सम्बद्ध शिक्षकहरू बताउँछन्।

एसईईमा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए। सबैभन्दा काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जना छन्। जापानको एक परीक्षा केन्द्रमा २९ जनाले एसईई दिएको परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिएका छन्। परीक्षामा न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। बोर्डले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। अघिल्लो वर्ष अर्थात् २०८० सालमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए। बोर्डले गत वर्षबाट न्यूनतम ३५ प्रतिशतभन्दा कम प्राप्तांक ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागू गरेको थियो। लेटर ग्रेडिङ भनिने उक्त प्रणाली लागू भएपछि त्यसअघिका वर्षहरूमा जस्तो परीक्षा दिएका सबैले प्रमाणपत्र पाउने प्रचलन अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई