2026-08-07 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न

काठमाडौँ | काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर आवासीय नेपालीबाट मुलुकले धेरै ठूलो आशा गरेको बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको भएपनि हालसम्म त्यसको पूर्ण कार्यान्वयन हुन नसक्दा दुःख लागेको उल्लेख गर्नुभयो । गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्णसहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले एनआरएनसँग रहेको ज्ञान र सीप मुलुकको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । एनआरएनका मुद्दालाई सम्बोधन गर्न आफ्नो दल सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उहाँले लगानी विस्तार, सीप र क्षमताको अधिकतम् प्रयोग गरेर मुलुकलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

एनआरएनएका पूर्वअध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ता, आरके शर्मा, डा केशव पौडेललगायतलले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले सबै पक्षलाई सहमतिमा आउन आग्रह गर्नुभयो ।

महाधिवेशनले गैरआवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी संविधानले व्यवस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी शीघ्र विद्यमान ऐन कानुनमा संशोधन गर्न सरकारलाई अनुरोध गरेको छ । विदेशमा बस्ने नेपालीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।

त्यसैगरी मध्यपूर्वलगायतका मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या र त्यहाँ अज्ञानतावश जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले गत शनिबार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव