2026-09-20 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात वर्षदेखि रोकियो बागमती तीर्थयात्रा

काठमाडौँ | काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोशको दूरीमा हुने बागमती तीर्थयात्रा यस वर्ष पनि नहुने भएको छ ।

बागमती प्रदूषित भएपछि ४० वर्षदेखि रोकिएको यात्रा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाल भएका बेला विसं २०७५ र २०७६ मा भएको थियो । यात्रामा गरिनुपर्ने विधि विधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले गर्ने परम्परा रही आएको छ । १७ दिनको यात्रालाई विसं २०७५ मा सात दिनमा झारेर सम्पन्न गरिएको थियो । विसं २०७६ मा भने नौ दिनको यात्रा गरिएको थियो । विसं २०७७ देखि प्रत्येक वर्ष दिन बढाउँदै १७ दिनसम्मकै यात्रा गर्ने कोषले बताए पनि सात वर्षदेखि यात्रा नै हुन छोडेको छ ।

विसं २०७७ मा कोरोना महामारीका कारण रोकिएको बागमती तीर्थयात्रा त्यसपछिका वर्षमा कोषको अरुचिका कारण हुन नसकेको स्थानीयवासीको गुनासो छ । कोष संस्कृति महाशाखाका निमित्त प्रमुख ईश्वरमान राजभण्डारी यस वर्ष पनि बागमती तीर्थयात्राको कुनै तयारी नभएको बताउनुहुन्छ । कटुवाल दहबाट वाग्द्वारसम्म हुने यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिने परम्परा छ ।्

यो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ । यसक्रममा विभिन्न स्थानमा बागमतीको तन्त्र साधनासमेत गरिने आगम घरका भट्ट मदन भट्टले बताउनुभयो । यात्राले बागमती स्वच्छ राख्न जागरण गर्ने विश्वास गरिएकामा तीर्थयात्रा नै रोकिएपछि बागमती शुद्धीकरणमा अझै समस्या आउने भएको कोषको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो